बलुचिस्तानमा ३ जना कर्मचारी मारिएपछि सेना फिर्ता गर्न माग
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
1.1k
Shares
बलुचिस्तान। पाकिस्तानको बलुचिस्तानमा मङ्गलवार सडक किनारमा भएको विस्फोटमा तीन जना कर्मचारीको मृत्यु भएपछि जिल्लाबाट फ्रन्टियर कोर र सशस्त्र बल फिर्ता लिन माग गरिएको छ।
बलुचिस्तानको जियारतमा विगत पाँच दिनदेखि सडकमा बम विस्फोटमा ज्यान गुमाएका कर्मचारीहरूको शवसहितको बलुच हरु धर्नामा बसिरहेका छन्।
सडकमा बम विस्फोटमा मारिएका कर्मचारीहरूको तीन वटा शव सहित जिरतमा पाँच दिनदेखि धर्नामा बसेका छन्। स्थानीयले राज्यका कर्मचारीहरूको हत्याको विरोध गरेका छन्।
राज्यले आफ्नो आधारभूत जिम्मेवारी पनि पूरा नगरेको भन्दै स्थानीयहरूले इमरान खान नेतृत्वको सरकारको आलोचना गरिरहेका छन्। पश्तून बेल्टमा शान्ति र मानव अधिकारको लागी सङ्घर्षरत एक युद्ध विरोधी आन्दोलनकारी तथा पश्तून ताहाफुज आन्दोलनका संस्थापक र प्रमुख मन्जुर पश्तेनले ट्विट गर्दै सशस्त्र सेना फिर्ता गर्न माग गरेका छन्।
#RemoveFCFromZiarat, #StopSiegeOfZiarat घटना सम्बन्धी ह्यास ट्याग सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेको छ।
बलुचिस्तानको जिरात जिल्लामा बिहीबार उनीहरूको गाडी बम विस्फोट हुँदा तीन कर्मचारीको मृत्यु भएको थियो भने धेरै घाइते भएका छन्।
प्रान्तीय सरकारका प्रवक्ता लियाकत शाहवानीले कर्मचारीहरूको गाडी मागी बाँध नजिकै एक बारुदी सुरङ्गमा ठोक्किँदा विस्फोट भएको बताएका छन्। सुरक्षा स्रोतका अनुसार मागी बाँधमा काम गर्ने चार मजदुरलाई अज्ञात हतियारधारीहरूले अपहरण गरेका थिए।
बलुचिस्तान लेवीज प्रान्तको आदिवासी इलाकामा कानुन व्यवस्था कायम गर्ने जिम्मामा रहेको बल हो भने फ्रन्टियर कोर पाकिस्तानको अर्धसैनिक बल हो, जुन हाल बलुचिस्तान प्रान्तमा तैनाथ छ।