arrow

बुटवल उपमहानगरद्वारा क्षतिग्रस्त धान बाली कृषकलाई दश प्रतिशत राहत दिने

logo
नारायण वली,
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
butwal-cheti.JPG

रुपन्देही । बेमौसमी वर्षाले घरभित्र भित्र्याउन तयारीमा रहेका किसानहरूको धान बालीमा पुगेको क्षतिलाई प्राविधिकको टोलीले लिएको विवरणको आधारमा क्षतिग्रस्त कृषकहरूलाई १० प्रतिशत राहत दिने बुटवल उपमहानगरले बताएको छ ।

आइतबार बुटवल उपमहानगरको नियमित बैठकले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बुटवल उप-महानगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीले नगर भित्र रहेको खेतीयोग्य जमिन काटेको धान र क्षतिको प्रकार बारे विवरण सङ्कलन लिएपछि पीडित किसानहरूलाई राहत दिने बताएका हुन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता रेग्मीले प्रारम्भिक विवरण अनुसार १० प्रतिशत काटिएको धान मध्ये नगर भित्र वर्षाले ३ प्रतिशत पूर्ण क्षति र १० प्रतिशत मध्यम क्षति पुर्‍याएको जनाउँदै यकिन विवरण भने प्राविधिक टोलीले लिएपछि मात्रै पुष्टि हुने जनाएका थिए ।

त्यस्तै प्रवक्ता रेग्मीले असोज महिनामा उप-महानगरपालिकाकाले गरेको योजनाहरूको प्रगति विवरण सुनाउँदै ०७८/७९ मा क्रमगत सरी आएका जम्मा २ सय ८५ योजना मध्ये आर्थिक वर्षमा ठेक्का प्रक्रिया बाट कार्यान्वयनमा रहेका स्वीकृत योजना ८ र उपभोक्ता समिति बाट कार्यान्वयनमा रहेका स्वीकृत योजना ७७ वटा योजना गरी कुल ३ सय ७० वटा योजनाहरू कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गरेका थिए ।

उप-महानगरपालिकाले असोज महिना मसान्त सम्ममा ६२ वटा योजनाहरू सम्पन्न भैसकेको जानकारी दिँदै हाल सम्म १६.७६ प्रतिशत भौतिक प्रगति हासिल भएको दाबी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ