सर्वोच्चका केही न्यायाधीशहरूले फुलकोर्ट बहिष्कार गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
633
Shares
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) केही न्यायाधीशहरूले भने बहिष्कार गर्ने भएका छन्।
नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको आग्रहपछि प्रधानन्यायाधीश जबराले सोमबारका लागि फुल कोर्ट बोलाएका थिए। तर आइतबार प्रधानन्यायाधीश बाहेकका केही न्यायाधीशहरूले भने बैठक बसेर फुलकोर्ट बहिष्कार गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।
प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा तानिएको र राजनीतिक भागबण्डामा प्रधानन्यायाधीश मुछिँदा न्यायालय कमजोर बन्दै गएको र न्यायालयको गरिमामा आँच आएको भन्दै केही न्यायाधीशहरू फुलकोर्ट बहिष्कारका पक्षमा उभिएका हुन्।
प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसियसन र सर्वोच्च बारका प्रतिनिधिसँगको भेटमा न्यायालय सुधारका पक्षमा आफू प्रतिबद्ध रहेको बताएका थिए।
बारको आग्रहपछि प्रधानन्यायाधीश जबराले मङ्गलवारबाटै सर्वोच्चमा गोलाप्रथाका आधारमा पेसी तोक्ने प्रतिबद्धता पनि जनाएका थिए।