arrow

पार्टीलाई सङ्कटबाट जोगाउन एकता आवश्यक : रामचन्द्र पौडेल

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
ram-chandra-poudel-kanchanpur-kartki-2078.jpg
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शनिबार कञ्चनपुरको बेलौरीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा मन्तव्य राख्दै। तस्बीरः शेरबहादुर सिंह

महेन्द्रनगर। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रलाई सङ्कटबाट बचाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

कञ्चनपुरको बेलौरीमा आज नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बाढी र पहिराबाट पीडितलाई सहानुभूति व्यक्त गरे। उनले पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराए। उनले दक्षिण क्षेत्रमा बाढी र डुबानले परेको क्षतिको स्थलगत अनुगमनसमेत गरेका थिए। पौडेलले पार्टीको महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प नरहेको बताए।

उनले पार्टीलाई सङ्कटबाट जोगाउन पनि एकता आवश्यक रहेको औँल्याए। बेलौरीमा कार्यकर्ता भेटघाट पनि नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानको समेत स्थलगत निरीक्षण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ