arrow

तोकिएको समयमै महाधिवेशन हुनेमा पौडेलको विश्वास

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
ram-chandra-poudel-kartik-2078.jpg

धनगढी। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको १४औँ महाधिवेशन तोकिएको समयमै हुने विश्वास व्यक्त गरेका छन्। धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताएका हुन। 

वर्षाले सुदूरपश्चिममा पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्न नेता पौडेल कैलाली र कञ्चनपुरमा आएका हुन। बाढी पहिरोबाट प्रभावित सबैभन्दा बढी सुदूरपश्चिम रहेकोले सरकारलाई तुरुन्तै राहत वितरण गर्न उनले आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले काँग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिक रूपमा सङ्घर्ष गरिरहेको पनि बताए।

‘प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘ महाधिवेशन तोकिएको समयमा हुने बताउँदै उनले पार्टी र विधानको रक्षा गर्न पनि तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ