arrow

मोदीले गरे कुशीनगर विमानस्थलको उद्घाटन

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
modi kushinagar.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले बुधबार बिहान विमानस्थलको उद्घाटन गरेका हुन्। भगवान गौतमवुद्धले महापरिनिर्वाण प्राप्त गरेका कुशीनगरको विमानस्थल विश्वभरका वौद्धधर्मालम्बीहरुका लागि लक्षीत रहने बताइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै अब, श्रीलंका, जापाम, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्याण्ड, भियतनाम र सिंगापुरबाट बौद्ध पर्यटकहरुको आवागमन सजिलो हुने अपेक्षा गरिएको छ।

अब भगवान बुद्धको जन्मस्थल लुम्बिनी आउने विदेशी पर्यटकहरुलाई समेत त्यहाँबाट नेपालतर्फ लुम्बिनी आउन सहज हुनेछ। यद्यपि, नेपालतर्फ लुम्बीनी अन्तर्राष्ट्रिय विमानस्थल पनि चाँडै सञ्चालनमा आउने भएको छ।

२६० करोड रुपैयाँको लागतमा ३६०० वर्गमिटरमा फैलिएको टर्मिनल भवनसहित कुशीनगर एयरपोर्टको निर्माण भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ