राजविराज। लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्याएको छ। काटेर खेतमै रहेका अवस्थामा धान बाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।छिन्नमस्ता गाउँपालिका–३ का किसान दीपेन्द्र यादवले खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेको बताए।
जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका सहित पश्चिमी भेगका बलान विहुल,राजगढ गाउँपालिका, बोदे बरसाइन, डाक्नेश्वरी नगरपालिका, र पूर्वी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्रमा धानबालीलाई पानीले बढी असर पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार यस वर्ष जिल्लाको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धान बाली लगाइएको थियो। वर्षाले साथ दिँदा शतप्रतिशत रोपाइँ भएकाले केन्द्रले जिल्लामा धान उत्पादन बढ्ने अनुमान समेत गरेको थियो। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा करिब २० प्रतिशत क्षति पुग्ने जनाइएको छ। पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन्। ठुलो मिहिनेत र लगानी गरेको धान बाली भित्राउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि उनीहरू निराश भएका छन्।
हावाहुरी र वर्षाको कारण खेतमा पाँजा लगाएको धानसमेत उठाउन नपाएको उनीहरूको दुखेसो छ। हनुमाननगर कङ्कालिनी–२ का किसान लाल माझीले थन्काउने बेलामा धान नष्ट हुँदा समस्या परेको बताए। उनले भने “खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिन्छ।”
त्यसै देशका अन्य स्थानमा पनि अविरल वर्षाले धेरै क्षति पुर्याएको छ हेरौँ तस्बिरमा :
निरन्तर परेको पानीले धानलाई क्षति पुर्याएपछि विवरण सङ्कलन गर्न भेरी नगरपालिका–३, होलुज्यूलास्थित खेतमा पुगेका कृषि शाखाका कर्मचारी र जनप्रतिनिधि । तस्बिरः हेमन्त केसी
तनहुँको देवघाट गाउँपालिका–२ खाल्टेस्थित धानबाली वर्षाले नष्ट । केही दिनदेखि परेको वर्षाका कारण जिल्लाका अधिकांश ठाउँका धानबाली नष्ट भएको छ । तस्वीर : कृष्ण न्यौपाने
पोखरा महानगरपालिका–३२ तल्लोगगनगौंडाको बेलबुटे क्षेत्रमा काटेर सुकाइएको धान निरन्तर परेको पानीले डुबेर भएको क्षति । दशैँको टीकालगत्तै भएको वर्षाका कारण कास्की जिल्लामा २०.९३ प्रतिशत धानमा क्षति पुगेको
बाढीले सुनसरीको सदरमुकाम इनरुवा–२ मा डुबाएको धान । बाढीका कारण जिल्लामा सयौं हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति भएको छ । तस्बिर : अजितकुमार झा
सप्तरीको तिरहुत गाउँपालिकामा लगातार दुई÷तीन दिनदेखि परेको अत्यधिक बर्षाका कारण सुन्दरी खोलामा आएको बाढीले बगाएको धानबाली उठाउँदै किसान । तस्वीर : अरुणकुमार यादव
लगातार दुई-तीन दिनदेखि परेको अत्यधिक बर्षाका कारण सुन्दरी खोलामा आएको बाढीले सप्तरीको तिरुहत गाउँपालिका र कञ्चनरुप नगरपालिकाको बीचमा रहेको खेतमा बाढीले क्षति गरेको धानबाली बचाउनको लागि पानीबाट धानबाली
हुरीका कारण बारीमा नै ढलेको म्याग्दीको मालिका गाउँपालिकाको देविस्थानमा लगाइएको कोदोबाली । म्याग्दीका केही ठाउँमा मात्र कोदो खेती गरिन्छ । तस्वीर : धु्रबसागर शर्मा
अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा डुबानमा परेको स्थानीय कृषकको धानबाली । तस्बिर : तिलकराज ओझा
तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँस्थित बाढीले डुबेको धानबाली । तस्वीर : शुरबहादुर सिंह
तनहुँको भिमाद नगरपालिका–१ डुम्रीवेशीस्थित धानखेत। गत असारमा लगाइएको धान पाक्ने क्रममा रहेको छ । तस्वीर : कृष्ण न्यौपाने
म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुक कोटामा वर्षा र हुरीका कारण खेतमा नै ढलेको धान । तस्वीर : धु्रबसागर शर्मा
म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुक कोटामा वर्षा र हुरीका कारण खेतमा नै ढलेको धान । तस्वीर : धु्रबसागर शर्मा
सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं १ भारदहमा पाक्न लागेको धानबालीमा बेमौसमी वर्षा र हाबाहुरीको कारण पुर्याएको क्षति । तस्वीर : अरुणकुमार यादव
सुन्दरी खोलामा आएको बाढीले सप्तरीको तिरुहत गाउँपालिका र कन्चनरुप नगरपालिकास्थित खेतमा पसेर धानबालीमा क्षति पुर्याएपछि चिन्तित हुँदै किसान। तस्बिरः अरुणकुमार यादव