सन्त र रिताको ‘पाइन्ट लाउने चाहिँ', लुरी फुच्चीको अभिनय
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
1.2k
Shares
काठमाडौँ । गायक सन्तबहादुर पाख्रिन र गायिका रिता केसीको आवाजमा रहेको ‘पाइन्ट लाउने चाहिँ’ बोलको गीत सार्वजनिक भएको छ । लोक दोहोरी भाकामा रहेको गीतमा मोडल सविन तामाङ र याया लामा (लुरी फुच्ची)ले अभिनय गरेका छन् ।
वेस्टर्न ट्रयाकमा रहेको लोक दोहोरी गीतको म्युजिक भिडियोमा ‘पाइन्ट लाउने चाहिँ साह्रै मन पर्यो’मा युवाहरूको प्रेम प्रसङ्ग र रोमान्स देखाइएको छ ।
बारा जिल्लाको जैतापुर घर भएका गायक पाख्रिनले यसअघि झन्डै एक दर्जन गीत ल्याइसकेका छन् । ‘नेपाल म्युजिक एचडी च्यानल’बाट सार्वजनिक गीत नेपाली समाजमा रुचाइने अपेक्षा गायक पाख्रिनको छ ।
‘नेपाली लोक सङ्गीतलाई थोरै वेस्टर्न फ्लेवर लिएर गीत प्रस्तुत गरेका छौँ, मेरो टिमले निकै मेहनत गरेको छ, पक्कै पनि नेपाली सङ्गीतका पारखीहरूलाई यो गीत मन पर्छ,’ पाख्रिनले भने ।
त्यसै गरी, गायिका रिता केसीले नयाँ शैलीको गीत प्रस्तुत गरिएको बताउँदै नेपाली लोक सङ्गीतमा यसले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेकी छिन् ।
मोडल तथा कलाकार सविन तामाङले अभिनय यात्राका दौरान नयाँ शैलीको गीत प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।