arrow

संविधान संशोधन नभएसम्म सबै नेपालीको हित हुँदैन : उपेन्द्र यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३१ आइतबार
upendra-yadav-president-jasapa.jpg

सुनसरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान संशोधन गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । सुनसरीको कार्यक्रममा संविधान निर्माण र जारीदेखि नै आफूहरूले त्यसमा संशोधनको आवश्यकता रहेको बताउँदै आएको चर्चा गर्दै उनले संशोधन नभएसम्म सबै नेपालीको हित नहुने बताए । 

संविधान संशोधन गरेर तराई मधेस, पहाड र हिमालसम्मका उत्पीडनमा परेका समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए । संविधानमा गर्ने संशोधन कुनै समुदायको अधिकार खोस्नका लागि नभई सबैको सम्मान पहुँच स्थापित र अपनत्व महसुस गराउनका लागि हुने उनको भनाइ थियो । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश सयौँ नेता तथा कार्यकर्ताहरूलाई पार्टीका अध्यक्ष यादवले फूल, माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ