arrow

रणवीर दीपिका जस्तै छोरीको प्रतिक्षामा, नाम छान्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३१ आइतबार
ranbir-dipika1.jpg

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले आफ्नी पत्नी दीपिका पादुकोणजस्तै छोरी पाउने इच्छा राखेका छन् । उनले छोरीको नाम पनि छान्न थालेको बताएका छन् । 

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा रणवीरले उक्त इच्छा बताएका हुन् । उनले आगामी वर्ष बाबु बन्नेसमेत बताएका छन् । रणवीरले दुवै जना मिलेर हुनेवाला बच्चाको नामसमेत फाइनल गर्न थालिसकेको बताएका छन् । 

रणवीरले भने, ‘जस्तो कि तपाईहरुलाई थाहा छ मेरो विवाह भइसकेको छ । अब २–३ वर्षमा बच्चा पनि हुन्छ । तपाईकी भाउजु (दीपिका) यति सुन्दर बच्चा थिइन् कि म चाहन्छु कि त्यस्तै बच्चा मलाई देउन् बस मेरी जीवन पूर्ण हुन्छ । म नामहरुको सर्टलिष्ट गर्दैछु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ