छोराको रिहाइको माग गर्दे गौरी, शाहरुख बारे जान्नै पर्ने कुरा
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३० शनिबार
1.8k
Shares
काठमाडौँ । छोरा आर्यन खानका कारण बलिउड सुपरस्टार शाहरुख खानलाई ठुलो धक्का लागेको छ। लागुऔषध प्रयोगको आरोप लागपछि जेलमा रहका आर्यन खान को जमानत पाउन कोसिस शाहरुख खान गरिरहेका छन्। आमा गौरीले आर्यनको रिहाइको लागि प्रार्थना पनि गरेकी छिन्। इन्डिया टुडेका अनुसार 'मन्नत' को वर्तमान स्थिति ठिक छैन् ।शाहरुख र गौरीको हरेक दिन चिन्तामा बितेको छ ।
गौरी आर्यन को लागी एक भाकल गरिन् र नवरात्रि को दौरान लगातार प्रार्थना गरिरहेकी थिइन् । आर्यन ड्रग्स केसमा परेपछि शाहरुखलाई दोष दिने गरिएको छ । उनले छोरालाई समय नदिएर पनि यस्तो भएको बताइन्छ । तर शाहरुख बारे कुरा राखिएको छ ।
शाहरुख खानलाई बलिउडको किङ्ग भनिन्छ । बलिउडको 'बादशाह' भनेर चिनिने शाहरुख खानको जन्म २ नोभेम्बर १९६५ मा दिल्लीमा भएको थियो। उनको जीवनी हरेक मानिसलाई प्रेरणाको स्रोत बन्ने गर्दछ । जुन स्टारडमको मानिसहरू कल्पना पनि गर्न सक्दैनन् शाहरुख आज त्यो स्थानमा रहेका छन् । उनका प्रशंसकहरू भारत मात्र नभई विश्वभर छन् । बलिउडको किंग खान भनिने शाहरुखको जीवन खुला किताब जस्तै छ।
शाहरुखको सानैदेखि अभिनयप्रति झुकाव थियो। धेरै स्टेज कार्यक्रममा उनी त्यो समयका कलाकारहरूको अभिनय गर्थे। उनको सधैँ प्रशंसा गरिएको थियो। पछि शाहरुखले ब्यारी जोन एकेडेमीबाट अभिनयको शिक्षा प्राप्त गरे।
बाल्यावस्था देखिनै उनको अभिनेत्री अमृता सिंहसँग मित्रता थियो । जो पछि मुम्बई आएर फिल्ममा काम गर्न लागिन् ।
हंसराज कलेज दिल्लीबाट स्नातक डिग्री हासिल गरेपछि शाहरुखले जामिया मिलिया विश्वविद्यालयबाट स्नातकोत्तर गरे। तर पढाइ पुरा गर्नु अघि उनी अभिनयको संसारमा प्रवेश गरे।
शाहरुख खानले १८ वर्षको उमेरमै गौरीलाई मन पराए। त्यस समयमा गौरी १४ वर्षकी मात्र थिइन्। उनले पागल जस्तो गौरीलाई चाहे र दिल्लीबाट मुम्बईसम्म पुगे।
मुम्बई आइसकेपछि शाहरुखले टिभीमा 'सर्कस' र 'फौजी' जस्ता सीरियलमा काम गरे। हिन्दी चलचित्रमा उनले फिल्म 'दीवाना' बाट कदम राखे। शाहरुखले 'दीवाना' भन्दा पहिले 'दिल आशना है' को शूटिंग पूरा गरेका थिए।
फिल्म बाहेक शाहरुख खान टिभीमा पनि सक्रिय थिए। उनले 'केबीसी', 'क्या आप पांचवीं पास से तेज हैं?', 'जोर का झटका' जस्ता रियालिटी शोमा प्रस्तोता रहे।
शाहरुख खान कुनै पनि फिल्मको लागि करोडौँ रूपैँया लिन्छन्। आफ्नो निजी जेटको स्वामित्वमा रहेका किंग खानको ब्रान्ड एन्डोरेसमेन्टदेखि लिएर आफ्नै व्यवसाय छ।
हाल शाहरुख खानसँग करिब ६७ अरब ७७ करोड रुपैयाँको सम्पत्ति रहेको छ । शाह रुखसँग अहिले आफ्नै क्रिकेट टिम छ । शाह रुखसँग आफ्नो निजी विमान रहेको छ । आफ्नो आलिसान घर तथा विमानको कारण चर्चामा रहने गरेका छन् । शाहरुख खानको विमानको बाथरुम पनि १ बीएचके बराबर रहेको छ । सो विमानमा उनका सहयोगि कलाकार देखिने गरेका छन् । शाहरुख आफ्नो विमानको प्रयोग चलचित्रको सुटिङ र प्रमोसनको लागि गर्ने गरेका छन् ।
शाहरुखले ६ वर्षको सम्बन्ध पछि अक्टोबर २५, १९९१ मा गौरी छिब्बर (गौरी खान) सँग विवाह गरे। उनीहरूका तीन बच्चाहरू आर्यन, सुहाना र अब्राम छन्।
आफ्नो कमाइका कारण शाहरुख खानको नाम फोर्ब्स सूचीमा समावेश गरिएको छ। किंग खानले संसारभरि विभिन्न ठाउँमा लगानी गरेका छन्। मुम्बई बाहेक उनीसँग युके, दुबई लगायतका धेरै देशहरूमा सम्पत्ति छ। उनको सबैभन्दा महँगो सम्पत्ति 'मन्नत' मानिन्छ।
राजमहल जस्तो मन्नत
कुनै समय पारसी परिवारको स्वामित्वमा रहेको मन्नतलाई शाहरुखले किनेका थिए। शाहरुख खानको घर 'मन्नत' कुनै राजमहलभन्दा कम छैन। मन्नत मुम्बईमा रहेका सुपरस्टारहरू मध्ये सबैभन्दा राम्रो घरहरूमा एक हो। शाहरुख खानको घर मन्नत मुम्बईको बान्द्रा इलाकामा बैडस्टैंडमा समुद्र किनारमा रहेको छ । घरको बाल्कनीबाट टाढासम्म समुन्द्रको दृश्यपन गर्न सकिन्छ ।
पारसी परिवारले बनाएको उक्त घर शाहरुखले ३२० करोड नेपाली रुपैयाँमा किनेका थिए । बङ्गला 'मन्नत' शाहरुख खानकी पत्नी गौरी खानद्वारा डिजाइन गरिएको छ। यस घरको प्रत्येक कुना गौरीले एकदम विलासी ढङ्गले सजाएकी छन्।
घर १९२० मा बनाइएको थियो। त्यस समयमा यसको नाम विला भियना राखिएको थियो । वर्षौँपछि शाहरुखले यो सुन्दर बङ्गला किने र नाम दिए मन्नत। मन्नत पहिले गुजराती मुलका पारसी किकु गान्धीको थियो । जसलाई शाहरुख खान केवल एक छिमेकीको रूपमा चिन्थे।
शाहरुख खानले सन् २००१ मा यस बङ्गलालाई किने । किंग खानले २६ हजार ३ सय २८.५२ वर्ग फुटमा फैलिएको भिला भियनालाई २१.२७ करोड नेपाली रुपैयाँमा दिएर खरिद गरेका थिए । अहिले यसको लागत ५११ करोड नेपाली रुपैयाँ बताइएको छ ।
शाहरुख खान यस बङ्गलाको नाम जन्नत राख्न चाहन्थे, तर पछि उनले त्यसको नाम मन्नत राखे। यस घरमा धेरै फिल्महरू शूट गरिएको छ। सनी देवलको फिल्म 'नरसिम्हा' को क्लाइमेक्स शूट यस घरमा भएको थियो। शाहरुख खानको फ्यानको केही हिस्सा उनकै घरमा सुटिङ गरिएको थियो । यो चलचित्रमा उनको दोहोरो भूमिका रहेको थियो । शाहरुख बनेर दोस्रो व्यक्ति उनको घरमा पस्ने सिन छ ।
यसरी पाए पहिलो चलचित्र
शाहरुखलाई शीर्ष स्थानमा पुर्याउन उनको मेहनतको अहम् भूमिका रहेको छ । शाहरुख खानको पहिलो फिल्म 'दीवाना' २५ जुन १९९२ मा ठुलो पर्दामा रिलिज भयो। दोस्रो लिड भएता पनि शाहरुखले सबैलाई आफ्नो 'दीवाना' बनाए। यो फिल्म ब्लकबस्टर साबित भयो र यसबाट फाइदा पनि भयो। यस फिल्ममा ऋषि कपूर र दिव्य भारतीले शाहरुख खानको साथ मुख्य भूमिकामा अभिनय गरेका थिए।
'दीवाना' राज कंवार निर्देशित थिए। यो शाहरुख खान मात्र नभई निर्देशकका रूपमा राज कँवरको पहिलो फिल्म थियो।
चलचित्र 'दीवाना' शाहरुखको करियरमा टर्निग पोइन्ट साबित भएको थियो । सो चलचित्रको अभिनेता शाहरुख नभएर अरमान कोहली थिए । 'दीवाना' मा कोहली र दिव्या भारतीको जोडी लिइएको थियो । अरमान उक्त चलचित्रको लागि पोस्टरको फोटोशूटसम्म गरेका थिए । यहाँसम्म कि चलचित्रको पहिलो शेड्यूल अनुसार उनले शूट पनि गरे । तर, कुनै कारण बस अरमानले सो चलचित्र छोड्नु पर्यो ।
अरमानले बिचैमा चलचित्र छोडेपछि निर्देशक राज कवरको हैरान भए र उनले चलचित्र 'दीवाना' को लागि शाहरुख खानसँग सम्झौता गरे । त्यसपछि चलचित्रले आफै इतिहास रच्यो । चलचित्र सुपरहित भयो र शाहरुख सुपरस्टार बने। उनको र दिव्या भारतीको जोडिलाई पनि दर्शकले खुब रुचाए ।
फिल्ममा शाहरुख मध्यान्तरपछि आउँछन्। त्यो भन्दा पहिले ऋषि कपूर र दिव्य भारती मात्र स्क्रिनमा हाबी छन्। दिव्या भारतीको भूमिका माधुरी दीक्षितलाई पहिले दिइएको थियो तर व्यस्त तालिकाका कारण उनले यो फिल्म गर्न सकिनन्। शाहरुख खानले यस फिल्मको लागि फिल्म फेयरमा सर्वश्रेष्ठ डेब्यू अवार्ड प्राप्त गरे। सोही समयमा दिव्या भारतीलाई फिल्ममा सेंसेशनल डेब्यू बाट सम्मानित गरियो।
तर अर्को एक सत्य पनि छ शाहरुख आज यती ठुलो स्टार बन्नुमा केही मानिसहरूको हात रहेको छ । शाहरुखको मेहनतसँगै उनले पाउने सपोर्ट र शुभचिन्तकको शुभकामनाले उनी यहाँ पुगेका हुन् ।
चलचित्रमा शाहरुखलाई ल्याउने श्रेय बलिउडकी ड्रीमगर्ल हेमा मालिनीलाई जान्छ । जसले चलचित्र 'दिल आशना हे' बाट शाहरुखलाई ल्याइन् । तर शाहरुखलाई सुपरस्टार बनाउने श्रेय अरमान लोहकीलाई जान्छ ।
शाहरुखलाई हेमा मालिनीले पहिलो चलचित्र दिइन् । तर त्यो भन्दा पहिले शाहरुखको दोस्रो चलचित्र 'दीवाना' रिलिज भयो । चलचित्र सुपरहित रह्यो र यसै चलचित्रको सफलतापछि शाहरुखले 'बाजीगर' र 'डर' जस्ता चलचित्र पाए । यी चलचित्रले शाहरुखलाई टप स्टार्सको रूपमा उभायो र कयौँ अवार्ड पनि दिलायो ।
यसरी अरमान कोहलीको कारण शाहरुख खानले बलिउडमा स्टारडम बनाए । 'दीवाना' पछि शाहरुखले पुन : पछि फर्किएर हेर्नु परेन । शाहरुख कयौँ पटक विवादमा आए तर पनि उनको स्टारडम त्यसै गरी नै कायम रहेको छ, त्यस्तै अरमान कोहली अहिले पनि चलचित्रमा कदम राख्ने सङ्घर्ष गर्दै छन् ।