arrow

आफ्नै पार्टी कार्यालयमा उपेन्द्र यादवको पुत्ला दहन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २८ बिहिबार
upendra-yadav-president-jasapa.jpg
तस्वीर–फाइल ।

काठमाडौं । मन्त्री चयन गरेको विषयमा असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले जसपाको केन्द्रीय कार्यालयमै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । यसअघि उनीहरुले वीरगञ्जमा पुत्ला जलाएका थिए । 

वीरगञ्जमा मात्र पुत्ला जलाएर चित्त नबुझेपछि उनीहरु काठमाडौं आएर पुत्ला जलाउने निर्णय गरे । काठमाडौंमा पनि उनीहरुले पार्टी कार्यालय रोजे । जसपाका कार्यकर्ताहरुले अध्यक्ष यादवको पुत्ला मात्र जलाएनन् अध्यक्षविरुद्ध नाराबाजीसमेत गरेका थिए । 

प्रदीप यादवलाई मन्त्री नबनाएको झ्वाँकमा यादव निकट कार्यकर्ताहरुले अध्यक्ष यादवको पुत्ला जलाएका हुन् । उनीहरुले अध्यक्ष यादवको राजीनामासमेत मागेका छन् ।  

प्रदीप यादवलाई तत्काल मन्त्री नबनाए झनै ठूलो आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । मन्त्री नबनाएकोमा अध्यक्ष यादवसँग प्रदीप यादव र प्रमोद साह निकै आक्रोशित भएका छन् । 

‘अध्यक्ष ज्यूले मन्त्रीमा सिफारिश गर्छु भनी दिनुभयो । अन्तिम समयमा मेरो नाम मन्त्रीको सूचीबाट हटाउनु भयो’ साहले भने, ‘यो भनेको ममाथि ठूलो बज्रपात हो ।’

अध्यक्ष यादवले जसपाबाट ३ जना यादव र एक जना गैरयादवलाई सरकारमा पठाएका छन् ।  यादवलाई मात्र मन्त्री बनाएको भन्दै गैर यादव सांसदहरु अध्यक्षसँग आक्रोशित भएका छन् । अध्यक्षसँग आक्रोशित सांसदहरुले नयाँ पार्टी नखोल्ने तर पार्टीभित्रै संघर्ष गर्ने घोषणा गरेका छन् । 

नयाँ पार्टी खोल्न उनीहरुसँग ४० प्रतिशत सांसद पुग्दैन । राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज नभएको भए जसपा फुट्ने निश्चित थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ