arrow

चिनियाँ अरबपति ज्याक मा लामो समयपछि सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
jack-ma.jpg
काठमाडौं । अलि बाबा ग्रुपका संस्थापक चिनियाँ अरबपति ज्याक मा लामो समयपछि हङकङमा देखा परेका छन् । गत वर्ष सी चिनफिङ नेतृत्वको चिनियाँ सरकारले उनको कम्पनीमाथि छानबिन गरेको थियो ।
 
मा र उनको कम्पनी आन्ट ग्रुपलाई चिनियाँ कम्युनिस्ट पार्टी सीसीपीका अधिकारीहरूले ठुलो घाटा लगाएका थिए । त्यसको कारण उनले गत वर्षको अक्टोबरमा दिएको एक भाषण थियो ।
 
खास गरी चिनियाँ वित्तीय नीतिका विषयमा टीकाटिप्पणी गरेपछि ज्याक मा लामो समयसम्म सम्पर्कविहीन भएका थिए। उनलाई सम्पर्कविहीन बनाइनुमा पनि सीसीपीकै हात रहेको आरोप छ ।
 
यसबिच लामो समयपछि मा एसियाको फाइनान्स हब हङकङमा देखा परेका हुन् । रोयटर्सका अनुसार माले अहिले त्यहाँ व्यापार सहयोगीहरूसँग भेटघाट गरिरहेका छन् ।
 
मा खास गरी पूर्वी चिनियाँ सहर हांग्जोमा आधारित हुन् ।  माको व्यापार साम्राज्यको मुख्यालय समेत यसै सहरमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ