arrow

महिला खेलाडीहरुको हक लिएर आउँदै ‘रश्मि रकेट’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
tapasi-pannu-rashmi-rocket.JPG

काठमाडौं । यो दशैंमा बलिउड अभिनेत्री तापसी पन्नू एक अर्को खेलकुदमा आधारित चलचित्र ‘रश्मि रकेट’ आउँदैछ । उनले गुजरातको एक सानो शहरसँग आवद्ध रहेकी खेलाडीको भूमिका खेलिरहेकी छिन् । जो अगाडि गएर एथलेटिक्स संघको विवादास्पद नियम र अभ्यास गर्दा (जेन्जर टेस्टिङ) लैङ्गिक परीक्षणको विरोध गर्छिन् । 

तापसीले यसअघि ‘सांड की आँख’ मा शुटर हजुरआमाको भूमिका खेलेकी थिइन् । यो फिल्मको स्क्रिन प्ले अनिरुद्ध गुहाले लेखेका हुन् । 

फिल्मका क्रममा तापसीले पनि जेन्डर टेस्टिङ मेडिकल परीक्षण गरेकी थिइन् । यो यस्तो परीक्षण हो जसमा महिला खेलाडीको शोषण हुने गर्दछ । 

यो फिल्मको अनुसन्धानमा दुई महिना तथा स्क्रिन प्ले तयार गर्न करिब आठ महिना लागेको थियो । 

रश्मि रकेट स्पोर्टस फिल्ममात्र नभई महिला खेलाडीको हकसमेत भएको दाबी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ