arrow

दशैंको नवमीका दिन रुबी खानलाई अदालतमा उपस्थित गराउन आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
supreme-court-long.jpg

काठमाडौं । सर्वोच्च अदालतले अधिकारकर्मी रुबी खानलाई बिहीबार(नवमी) ११ बजेभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ।

हिंसामा परेका महिलाको न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेकी खानलाई मंगलबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले अदालत उपस्थित गराउन आदेश दिएको हो ।

खानका तर्फबाट अधिवक्ता मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको यस्तो आदेश आएको हो । नेपालगञ्जका दुई जना महिलाको शंकास्पद मृत्युको घटना अनुसन्धानको माग अघिल्लो हप्ता अधिकारकर्मी र आफन्तहरु पैदल हिंडेर काठमाडौं आएका थिए ।

काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेकै ठाउँबाट प्रहरीले गत शुक्रबार खानलाई पक्राउ गरेर नेपालगञ्ज लगेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ