arrow

धर्मेन्द्रले देखाए १८ हजारको पहिलो कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
dharmendra-first-car.JPG

काठमाडौं । बलिउड अभिनेता एवं सोलेकी बसन्तीका रिल र रियल (हेमा मालिनी) लाइफ पती धर्मेन्द्र देओलले आफ्नो पहिलो कार सार्वजनिक गरेका छन् । उनले सामाजिक संजालमा १८ हजार भारु हालेर किनेको कारसँगै टाँसिएको तस्वीर पोष्ट गरेका हुन् । 

धर्मेन्द्र सामाजिक संजालमा सक्रिय हुने गर्छन् । उनले फ्यानलाई आफ्ना कुरा सुनाउन उत्साही हुने गर्छन् । उनले यसपालि ट्वीटरमा उत्साही हुँदै आफ्नो पहिलो कार पोष्ट गरेका हुन् । 

उक्त कार उनले १८ हजार भारु हालेर किनेका थिए । उक्त पहिलो कार विन्टेज फिएट मोडलको हो । उनले करियरको संघर्ष गरिरहेका बेलामा उक्त कारले खुवै साथ दिएको उल्लेख गरेका छन् । 

उनको उक्त पोष्टमा उनले यो कार सधै आफूसँग रहिरहोस् भनी प्रार्थना गर्न फ्यानलाई अपीलसमेत गरेका छन् । धर्मेन्द्र रकी और रानी कि प्रेम कहानी फिल्ममा देखिँदै छन् । यो फिल्ममा करण जोहरले ५ वर्षपछि निर्देशन सम्हाल्दै छन् । 

फिल्ममा आलिया भट्ट र रणवीर सिंह मुख्य भूमिकामा छन् । जया बच्चन र शबाना आजमीसमेत रहेको उक्त फिल्म सन् २०२२ मा रिलिज हुँदैछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ