काठमाडौं । जर्मनी सन् २०२२ को कतार विश्वकप फुटबलमा छानिने पहिलो टिम बनेको छ । विश्वकपको युरोपेली छनोट अन्तर्गत सोमबार राति भएको खेलमा नर्थ म्यासेडोनियालाई पराजित गर्दै जर्मनी विश्वकपका लागि छानिएको हो ।
जर्मनी ४–० गोल अन्तरको फराकिलो अन्तरले पराजित गर्दै दुई खेलअघि नै विश्वकपमा छानिन सफल भएको हो । जर्मनीलाई जित दिलाउन टिमो वेर्नरले दुई गोल गरे । त्यस्तै काइ हाभर्ट्ज र जमाल मुसियालाले एक एक गोल गरे ।
खेलको ५० औं मिनेटमा हाभर्ट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । वेर्नरले ७० औं र ७३ औं मिनेटमा गोल गरे मुसियालाले ८० औं मिनेटमा गोल गर्दै जर्मनीलाई ४–० ले जिताए ।
जर्मनी रहेको समूह जेमा रोमानियाले अर्मेनियालाई १–० ले हरायो । आइसल्याण्डले लिचटेन्सटेनलाई ४–० ले हरायो ।
यस समूहमा जर्मनी ८ खेलमा २१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब जर्मनीले लिचटेन्सटेन र अर्मेनियासँग खेल्नेछ ।