arrow

मन्दिरका मुल महन्तको ‘दादागिरी’: पत्रकार पाण्डेमाथी आक्रमणको प्रयास 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
nepal-junge.jpg

नेपालगन्ज । नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा दशैंको चहलपहल र शक्ति पिठको रिपोर्ट बनाउन गएका पत्रकार जीवन(जे.पाण्डे) पाण्डेमाथी दुर्व्यवहार भएको छ। सोमबार बिहान बागेश्वरी मन्दिरमा भिडिओ बनाउने क्रममा कान्तिपुर टिभीका लुम्बिनी प्रदेश प्रमुख  पाण्डेमाथी मन्दिरका मुल महन्त चन्दननाथ योगीले दुर्व्यवहार गरेका हुन् ।

मन्दिर परिषरमा पुजाआजा गर्न आएका भक्तजनहरुसँग टिभी रिपोर्टका लागि कुराकानी गर्ने क्रममा पत्रकार पाण्डे र क्यामेरा पर्सन सबिता जीसीमाथि पुजारी योगीसहित अन्य ५ जनाको समूहले आक्रमण गर्न खोजेको पीडित पत्रकार पाण्डेले बताएका छन्  । पुजारीहरुको समूहले आक्रमणको प्रयास गर्दै पाण्डेको क्यामेरा फुटाउन खोज्नुका साथै क्यामेराको तार समेत चुडाउन खोजेको पत्रकार पाण्डेले भने। आक्रमणबाट आफुहरु जोगिएर भागेको पत्रकार पाण्डेले भने।

आक्रमणबाट बचेर आएका पत्रकार पाण्डेले घटनाको जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी बाँकेमा जानकारी गराइसकेका छन् । घटनाका सम्बन्धमा बाँके प्रहरीले पनि चासो देखाउँदै आज सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर आवश्यक निर्णय गरिने बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्  ।

बागेश्वरीका मुल महन्त योगीले पत्रकारमाथी गरेको दुर्व्यवहार भने यो पहिलो नभएको पत्रकार पाण्डेले बताए। यसअघि पनि पत्रकार शरण कर्माचार्य र तिलक गाँउले माथि मुल महन्त योगीले दुर्व्यवहार गर्दै आक्रमणको प्रयास गरिसकेको पाण्डेले जानकारी दिएका छन् ।

बागेश्वरी मन्दिर परिषरमा मुल महन्तले आफू खुशी  फोटो खिच्न, पत्रकारलाई समाचार बनाउन प्रतिबन्ध लगाइएको बोर्ड लगाइएपनी मन्दिर गुठि व्यवस्थापन समितिले मन्दिर परिषरमा फोटो खिच्न, भिडिओ बनाउन, पत्रकारलाई समाचार बनाउन प्रतिबन्ध लगाउने कुनै निर्णय नगरेको गुठी समितिका संयोजक एबम नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा। धवल सम्सेर राणाले बताए ।

महन्तले पत्रकारमाथी गरेको अमानवीय कार्यप्रती  नेपाल पत्रकार महासंघ बाँके शाखाले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले  पत्रकारलाई निर्वाध समाचार संकलनको वातावरण तयार गरिदिन प्रशासनसँग माग गर्दै   घटनाको निन्दा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ