काठमाडौँ । गीतकार शिशिर मोथेकाे शब्दमा 'हजार जुनी' गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक प्रवीण बेडवालको स्वरमा एसआर क्रिएसनद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियो एसआर क्रिएसनकै युट्युब च्यानलबाट आइतबार सार्वजनिक भएकाे हाे ।
म्युजिक भिडियोमा कालेबुङका कलाकारद्वय रोशन दाहाल र रेखा पौड्यालकाे अभिनय रहेकाे छ।
गीतमा ऋषिराज दर्नालले सङ्गीत संयोजन गरेका छन्। जस्टिन लेप्चाद्वारा छायाङ्कन र बिक्की प्रधान (बिक्की इन्टरटेनमेन्ट)द्वारा सम्पादित म्युजिक भिडियोको निर्देशन रोशन दाहाल गरेका हुन् ।