arrow

गीतकार शिशिर मोथेकाे 'हजार जुनी’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
Yjo8nuhdp3Msd.jpg

काठमाडौँ । गीतकार शिशिर मोथेकाे शब्दमा 'हजार जुनी' गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक प्रवीण बेडवालको स्वरमा एसआर क्रिएसनद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियो एसआर क्रिएसनकै युट्युब च्यानलबाट आइतबार सार्वजनिक भएकाे हाे ।

म्युजिक भिडियोमा कालेबुङका कलाकारद्वय रोशन दाहाल र रेखा पौड्यालकाे अभिनय रहेकाे छ। 

गीतमा ऋषिराज दर्नालले सङ्गीत संयोजन गरेका छन्। जस्टिन लेप्चाद्वारा छायाङ्कन र बिक्की प्रधान (बिक्की इन्टरटेनमेन्ट)द्वारा सम्पादित म्युजिक भिडियोको निर्देशन रोशन दाहाल गरेका हुन् ।

हेर्नुहाेस् भिडियाे:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ