arrow

यादववादको आरोप खेप्दै जसपाका अध्यक्ष

उपेन्द्र यादवविरुद्ध पार्टीभित्रै आक्रोश

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असोज २४ आइतबार
upendra-yadav-600x0.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। मन्त्री चयन गरेको विषयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध पार्टीभित्रै आक्रोश बढेको छ। यादवविरुद्ध प्रदेश २का केही ठाउँमा नाराबाजी समेत लगाइएको छ। प्रदीप यादवको गृह जिल्ला पर्सामा यादवविरुद्ध नारा लगाइएको छ। यादवविरुद्ध प्रदीप यादव, प्रमोद साह लगायतका सांसदहरू आक्रोशित भएका छन्।

प्रदीप यादवले भने,‘म माथि पार्टी अध्यक्षबाट गम्भीर घात भएको छ। अब पार्टीभित्र सहर्ष सुरु गर्छु।’ यसै गरी मन्त्री चयनको विषयमा प्रमोद साहले पनि असन्तुष्टि पोखेका छन्। अध्यक्षले आफू माथि ठुलो अन्याय गरेको साहले बताए। यादव र साहले सामाजिक सञ्जालमै अध्यक्षमाथि आक्रोश पाखेका छन्।

यता, पार्टीमा यादववाद लागु गरेको आरोप खेप्दै आएका यादवले मन्त्रीको सूचि छान्ने बेला पनि यादववाद लागु गरेका छन्। यसबारेमा पनि पार्टीभित्र आक्रोश बढेको छ। उनले लुम्बिनी प्रदेशबाट एक जनाको पनि प्रतिनिधित्व गराएका छैनन्।

जसपाले पाएको ४ वटा मन्त्रालयमा अध्यक्ष यादवले ३ वटा मन्त्रालय यादव समुदायकै नेतालाई जिम्मेवारी दिएका छन्। रेणु यादव, महेन्द्र यादव र राम सहाय यादवलाई उनले जिम्मेवारी दिएका हुन्। मन्त्री छान्दा अध्यक्षले पुरानो अनुहारलाई प्राथमिकता दिएका छन्।

३ जना यादवमध्ये अहिलेसम्म मन्त्री नभएकोमा राम सहाय यादव मात्रै हुन। महेन्द्र यादव र रेणु यादव यसअघि पटक पटक मन्त्री भएका छन् भने राजेन्द्र श्रेष्ठ पनि मन्त्री भइसकेका छन्। नयाँ अनुहारलाई अवसर दिनु पर्छ भन्ने आवाज पार्टीभित्रै निकै उठेको थियो। यस आवाजलाई उनले बेवास्ता गरेको देखियो।

अध्यक्ष यादवले अन्तिम समयमा प्रमोद साहको नाम मन्त्रीको सूचिबाट हटाएका छन्। जब कि, प्रमोदलाई मन्त्री बनाउने आश्वासन अध्यक्षले सुरुमै दिएका थिए।
प्रमोद सुरुमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा थिए। पछि उनले कित्ता परिवर्तन गरी उपेन्द्र यादव तीर गएका थिए। उनले कित्ता परिवर्तन गर्ने बेला अध्यक्ष यादवले मन्त्री बनाउने आश्वासन दिएका थिए।

प्रमोदले कित्ता परिवर्तन गरे पछि ठाकुर पक्षका ७ जना सांसदले कित्ता परिवर्तन गरी यादव तीर गएका थिए। त्यसैले यस पटक मन्त्री हुनेमा प्रमोद ढुक्क थिए तर अन्त्यमा उनको नाम हटाइयो। अन्तिम समयमा आफ्नो नाम काटिएकोमा उनी आक्रोशित भएका हुन्। मन्त्रीको नाम छान्दा भूगोल,समुदाय तथा क्षेत्रको उपयुक्त र वैज्ञानिक प्रतिनिधित्व नभएको साहले बताए।

४ जना मन्त्रीमध्ये ३ मन्त्री प्रदेश २का मात्रै छन्।  लुम्बिनी प्रदेशबाट इस्तियाक राई र अमृता अग्रहरीको नाम चर्चामा थियो। तर दुवै मन्त्रीको छनौटमा परेनन्। यसै गरी प्रदीप यादव तथा मृगेन्द्रसिंह यादव, सुरेन्द्र यादव यस पटक मन्त्री हुनकोलागि धेरै प्रयास गरेका थिए तर उनीहरू अध्यक्ष यादवको छनौटमा परेनन्। 

अध्यक्ष यादवले कस कसलाई मन्त्री बनाउँदैछन् भन्ने विषय शुक्रवार बिहानसम्म गोप्य राखेका थिए। मन्त्रीको सूचिमा आफ्नो नाम पर्नेमा शुक्रवार बिहानसम्म जसपाका १२ जना सांसद ढुक्क थिए। तर अन्त्यमा ४ नेता मन्त्रीमा छानिए। ८ सांसद भने मन्त्रीको सूचिबाट बाहिरिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ