इसेवा र एमबैङ्कबीच सम्झौता, एमबैङ्कसँग आबद्ध ४ सय ५० बढी सहकारीमा थप डिजिटल कारोबार गर्न सकिने
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
624
Shares
काठमाडौँ। डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैङ्कबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ। सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो।
सम्झौतासँगै एम बैङ्कले सेवा दिइरहेका ४ सय ५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ। इसेवासँगको सहकार्यसँगै अबदेखि एम बैङ्कमार्फत सहकारीबाट बैङ्कमा रकम ट्रान्स्फर, इसेवा वालेटमा रकम लोड, क्युआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयर-डिम्याट नवीकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा उपयोग गर्न पाइनेछ। हाल स्क्यान एण्ड पे सेवाको सुरुवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुने कम्पनीले जनाएको छ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ४५ लाख नाघेको छ। यसै गरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसङ्ख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख २५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्।
सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राउने र सर्भिस दिनेमा ‘एमबैङ्क’ सबैभन्दा अगाडी छ। जुनसुकै सफ्टवेयर चलाउने सहकारीले पनि ‘एमबैङ्क’ को सेवा सजिलै लिन सक्ने छन्।
एम बैङ्क नेपालमा सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो। कम्पनीले हालसम्म ४ सय ५० बढी सहकारीलाई डिजिटलाइज गरिसकेको छ। कम्पनीले सहकारी क्षेत्रमा नयाँ प्रविधि भित्राउँदै सेवा दिँदै आएको छ।