नोबेल शान्ति पुरस्कार विश्व प्रेसका लागि ’शुभ समाचार’ : गोर्भाचोभ
एएफपी
प्रकाशित २०७८ असोज २२ शुक्रबार
910
Shares
तस्बिर : फाइल
मस्को। पूर्वसोभियत नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्बाचेभले शुक्रबार पत्रकार मारिया रेसा र दिमित्री मुराटोभलाई प्रदान गरिएको यसवर्षको नोबेल शान्ति पुरस्कार विश्वका प्रेसका लागि ‘शुभ समाचार’ भएको बताएका छन्।
"यो राम्रो छ, धेरै राम्रो खबर छ, यस पुरस्कारले आधुनिक संसारमा प्रेसको महत्त्वलाई ठूलो उचाइमा पुर्याउँछ।" नेता गोर्भाचोभको टिप्पणी छ।