arrow

मन्त्री भागबण्डामा पौडेल समूहमा असन्तुष्टी : प्रकाशमानले पनि खोजे भाग

पौडेल समूहले दिन सकेन नाम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
sher-bahadur-and-ramchandra-paudel.jpg.jpeg

काठमाडौं। मन्त्री परिषद् विस्तारका विषयमा सत्ता गठवन्धन भित्र सहमति भएपनि प्रमुख सत्तारुढ दल कांग्रेस भित्र भने असन्तुष्टी बढेको छ।

कांग्रेस भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो समूहलाई तीन मन्त्री दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिंदै आइरहेको छ। तर प्रधानमन्त्री देउवा भने दुई मन्त्रालय मात्रै पौडेल समूहलाई दिन तयार भएका छन्।

पौडेल समूहमा दुई मन्त्री मात्र पाउँदा कसलाई पठाउँने भन्ने विषयमा विवाद छ। वरिष्ठ नेता पौडेल दिलेन्द्र बडु र तेजुलाल चौधरी मध्ये एक लाई मन्त्री बनाउन चाहन्छन।

यस्तै महामन्त्री डा. शशांक कोइराला सुजाता कोइराला र डा. मिनेन्द्र रिजाल मध्ये एक लाई मन्त्री बनाउन चाहन्छन भने पूर्व महामन्त्री प्रकाशमान सिंह राजन केसीलाई मन्त्री बनाउन चाहन्छन्।

‘रामचन्द्र जी र शशांक जीलाई एक एक जना मन्त्री चाहिएको छ, प्रकाशमानजी पनि एक मन्त्री माग्दै हुनुहुन्छ, तर प्रधानमन्त्रीले दुइ मन्त्रालय मात्रै दिने भनेपनि कुरा मिल्न सकेको छैन,’पौडेल समूहका एक नेताले हाम्राकुरासँग भने।

माओवादी केन्द्रले भने मन्त्रीको नाम तय गरिसकेको छ भने नेकपा एकिकृत समाजवादीले पनि मन्त्रीका लागि नाम तय गरिसकेको छ। जसपाले भने केही बेरमा नै नाम तय गर्ने बताइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ