arrow

मेसी नचल्दा अर्जेन्टिना रोकियो, ब्रजिलको लय कायमै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
messi-5194.jpg

काठमाडौं । विश्वकप छनोट फुटबल अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमै रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग गोलरहित बराबरीमा रोकिएको हो । 

निरश खेलमा दुवैतर्फ गोलका लागि प्रयास भए पनि सफल भएनन् । अर्जेन्टिनी कप्तान लियोनल मेसी नचलेपछि टिमले गोल गर्न नसकेको हो । 

खेलमा अर्जेन्टिनाले ६० प्रतिशत बल आफ्नो पकडमा राखेको थियो । अर्जेन्टिनाले गोलका लागि ५ वटा प्रहार गरे पनि सफल भएन । पाराग्वेले ३ वटा प्रयास गरेको थियो । 

ब्रजिलले भने जितको लयलाई कायमै राखेको छ । ब्रजिलले बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ गोल अन्तरले हरायो । रामिरेजको गोलमा भेनेजुएलालले अग्रता लिए पनि माक्र्विनोस, बार्बोसा र एन्थोनीको गोलले ब्रजिलले सहजै जित निकाल्यो । 

अन्य खेलमा उरुग्वे र कोलम्बियाले गोलरहित बराबरी खेल्दा इक्वेडरले बोलिभियालाई ३–० गोल अन्तरले हरायो । पेरुले चिलीमाथि १–० को जित निकाल्यो । 

अंक तालिका 
शतप्रतिशत नतिजा निकालेको ब्रजिललको ९ खेलबाट २७ अंक भएको छ । ब्रजिल शीर्ष स्थानमा कायमै रहँदा ४ बराबरी खेलेको अर्जेन्टिना १९ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो इक्वेडर र चौथो उरुग्वेको समान १६ अंक छ । 

पाँचौं कोलम्बियाको १४ अंक छ । १० टिम सहभागी रहेकामा भेनेजुएला ४ अंकबाट पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ