काठमाडौं । ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ को सफलतापछि शिव परियारले ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ ?’को तयारी गरेका छन् ।
इम्प्रेसन्स इन्टरटेनमेन्टले उक्त गीत बजारमा ल्याउने तयारी गरेको हो । नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कार हरि हुमागाईको संलग्नतामा क्लब प्ल्याटिनममा गीतको छायांकन गरिएको छ ।
गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक पुष्प खड्काका साथमा टिकटक स्टार अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ ।
मिडिया हब प्रालिबाट पहिलो म्यूजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको गीतले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने लक्ष्य लिएको छ ।