ललितपुरमा बुधबारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
517
Shares
ललितपुर । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आज बुधबारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो।
स्वास्थ्य कार्यालयका प्रमुख डा.खगेश्वर गेलालका अनुसार जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार बुधाबारबाट १८ वर्षमाथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको हो ।
चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै खोप लगाउन थालिएको गेलालले बताए।