arrow

रहेनन् रामायणका रावण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
rawan-trivedi.JPG

काठमाडौं । टेलिभिजनको सबैभन्दा लोकप्रिय कार्यक्रम रामायण (सबैभन्दा पुरानो श्रृंखला) का रावणको निधन भएको छ । रावणको भूमिका निभाएका कलाकार तथा पूर्व सांसद अरविन्द त्रिवेदीको मंगलबार राति निधन भएको हो । 

उनी ८३ वर्षका थिए । उनका भतिज कौस्तुभले अरविन्दको निधन राति १० बजे भएको बताएका छन् । २–३ दिनदेखि उनको स्वास्थ्य बिग्रिएको थियो । उनी यसअघि कुनै रोगबाट पीडित थिएनन् । 

गत वर्षदेखि नै उनको निधनलाई लिएर चर्चा हुने गरेको थियो । अफवाहसमेत फैलदै आएको थियो । 

उनको जन्म मध्यप्रदेशको उज्जैन शहरमा भएको थियो । उनले करिब ३०० हिन्दी तथा गुजराती फिल्ममा अभिनय गरेका थिए । 

गुजराती भाषाको धार्मिक तथा सामाजिक फिल्ममा उनलाई निकै मन पराइन्थ्यो । जहाँ उनले ४० वर्ष योगदान दिएका थिए । 

उनलाई गुजरात सरकारले प्रदान गर्ने चलचित्रका सर्वश्रेष्ठ अभिनयका सात पुरस्कार पाएका थिए । उनलाई सन् २००२ मा केन्द्रीय फिल्म प्रमाण बोर्ड स्बीएफसीको कार्यकारी अध्यक्षका रुपमा मनोनित गरिएको थियो । 

उनी सन् २००२ को १६ अक्टुबरदेखि २००३ सम्म सीबीएफसी प्रमुखका रुपमा कार्यरत थिए । 

उनी सन् १९९१ देखि १९९६ सम्म भारतीय जनता पार्टीको सदस्यका रुपमा सांसद रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ