गीतकार प्रेम चौलागाईको नयाँ गीत ‘सुनाखरी लत्रेरै लरक्क’ बजारमा
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
2k
Shares
काठमाडौं । प्रवासमा बसेर नेपाली गीत संगीतमा क्रियाशील बरिष्ठ गीतकार प्रेम चौलागाईले नयाँ गीत बजारमा ल्याएका छन् ।
तीज पर्वलाई लक्षित गरेर तयार भएको ‘बाईस तले धरहरा’ गीत चर्चित बनेपछि चौलागाईले हालै ‘सुनाखरी लत्रेरै लरक्क’बोलको गीत बजारमा ल्याएका हुन् । चौलागाई अमेरिकामा बसेर संगीत सिर्जना गरिरहेका छन् ।
नेपाल आइडलबाट चर्चा कमाएका लोकप्रिय गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वर रहेको उक्त गीतको लेरिकल भिडियो पनि सार्वजनिक भएको छ ।
गीतको संगीत अर्जुन पोखरेलले भरेका छन् भने अमोश तामाङ निताको एरेन्ज रहेको गीतको रेकर्ड कुशल थापाले गरेका छन् । कुशलकै गितार रहेको गीत ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।
जसमा मादल, तबला, ढोलक भुवन गन्दर्भको रहेको छ । जसमा मिक्स र मास्टरिङको काम नरेश बिसीसीको रहेको छ । गीतलाई प्रेम आदित्य म्यूजिकले युट्यूबमा राखेको छ ।