अनुपम खेर काठमाडौंमा, पशुपतिको दर्शन, ५२० औं चलचित्र शुरू
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
1.2k
Shares
काठमाडौं । बलिउड अभिनेता अनुपम खेर काठमाडौंमा रहेका छन् । उनले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । उनले आफू निकै खुशी भएको बताएका छन् । खेरले सबैका लागि खुशी मागेको समेत बताएका छन् ।
हिन्दू स्थानमा आएर पूजा गर्दा मनमा शान्ति मिल्ने गरेको पनि खेरले बताएका छन् । सबैको तर्फबाट पूजा गरेकोसमेत खेरले ट्वीटरमा भिडियो राखी जानकारी दिएका छन् ।
https://twitter.com/i/status/1445202990504103942
उनले आफ्नो ५ सय २० औं चलचित्रमा काम गरिरहेका छन् । उनले ५१९ फिल्म सकेका खेरले ५२० औं फिल्मको शुटिङ शुरु गरेका हुन् । राजश्री फिल्म प्रोडक्सनमा बनिरहेको फिल्मको नाम ‘उचाई’ हो ।
यो फिल्ममा खेरसँगै बलिउडका महानायक अमिताभ बच्चन, बोमन इरानी, नीना गुप्ता, परिणीति चोपडा र सारिका लगायत पनि रहेका छन् ।
खेरले आफू सुरज बड्जात्यासँग काम गरिरहेको ट्वीटरमा लेखेका छन् । सुरज क्यामरा सामु लजाउने उनले जिकिर गर्दै उनकै तस्वीर राखेका छन् ।