बलुचिस्तानमा व्यक्ति लक्षित हत्या गर्न लागेको भन्दै पाकिस्तानविरुद्ध बृहत् प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
794
Shares
फाइल तस्बिर
बलुचिस्तान। पाकिस्तानको बलुचिस्तान प्रान्तको पञ्जगुर जिल्लामा व्यक्ति लक्षित हत्याको विरोधमा सयौँ मानिसहरू सडकमा उत्रिएका छन्। महिला र बालबालिकासहित ठुलो सङ्ख्यामा मानिसहरू सहरको मुख्य चोकमा भेला भएका थिए। उनीहरूले सडकमा जुलुस निकालेर हत्याराहरूलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय प्रशासन र प्रहरीविरुद्ध नाराबाजी लगाएका हुन्।
आन्दोलनका क्रममा मानिसहरूले पञ्जगुरमा एक महिनामा दर्जनौँ निर्दोष नागरिक मारिएको बताएका छन्। तर, प्रशासनले भने एक जना हत्यारालाई पक्राउ गर्न सकेको छैन।
पञ्जगुर प्रहरी र प्रशासनले अपराधीहरू समक्ष आत्मसमर्पण गरेको प्रदर्शनकारीहरूको आरोप छ। उनीहरूले दोषीलाई कारबाहीको माग गर्दै दायर गर्न खोजिएको उजुरी पनि प्रशासनले लिएका छैन। हत्याराहरू स्वतन्त्र रूपमा घुमिरहेका छन्। हरेक घर शोक र डरमा रहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।
पन्जाबका मानिसहरू हत्यारा, चोर र लुटेराहरूको त्रासमा बाँचिरहेको उनीहरूले दुखेसो पोखेका छन्।
मौलवी अब्दुल हाई, सगीर, जलील संजरानी, अल्लाउद्दीन कादीर, सफीर मुसा र उनका बुबा हाजी मुसासहित धेरै मानिस पञ्जगुरमा मारिएका छन्, तर उनीहरूका हत्याराहरू पत्ता लगाउन र पक्राउ परेकाहरूलाई कारबाही गर्न सरकारले चासो नदेखाएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चर्को विरोध गरेका हुन्। हत्याराबाट पालिपोषित भएको भन्दै प्रधानमन्त्री खानेको आलोचना गरेका हुन्।
तत्काल दोषीहरूलाई पक्राउ गरेर कारबाही नगरे थप आन्दोलनहरू चर्काउनेसमेत उनीहरूको चेतावनी छ।