arrow

सर्वोच्च बारले प्रधानन्यायाधीशलाई भन्यो : मन्त्रीमा भागबण्डाको कुरा के हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । मन्त्रीमा भागबण्डा खोजेको विषय चर्चामा आएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग सर्वोच्च बार एसोसियसनले प्रश्न गरेको छ ।

सर्वोच्च बारका पदाधिकारीले सोमबार विहान प्रधानन्यायाधीश राणालाई भेटेरै ‘मन्त्रीमा भागबण्डा खोजेको विषय के हो ?’ भन्दै प्रश्न गरेका हुन् । उनीहरुले यदी सो विषय सत्य नभए त्यसको खण्डन गर्न प्रधानन्यायाधीश राणालाई आग्रह गरेका छन् ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले प्रधानन्यायाधीश राणालाई सो विषयमा प्रष्ट पार्न भनेका हुन् ।

जवाफमा प्रधानन्यायाधीश राणाले आफूले कसैको नाम मन्त्रीका लागि सिफारिस नगरेको र सो विषयमा आफूले खण्डन गर्ने जवाफ बारका पदाधिकारीलाई दिएका छन् ।

उनले मन्त्रीका लागि आफ्नातर्फबाट सिफारिसमा परेका भनिएका व्यक्तिको नामसमेत लिएरै दिपक तिमल्सिना र गजेन्द्र हमालको नाम आएको आफूले संचार माध्यमबाट थाहा पाएको बताए ।

प्रधानन्यायाधीश राणाले हमाल कांग्रेसका पुराना नेता नै भएको र आफूले मन्त्रीका लागि सिफारिस गरिरहनु पर्ने कुनै कारण नै नभएको प्रतिक्रिया दिएको बारका एक पदाधिकारीले जानकारी दिए ।

‘जुन नाम आएको छ, संचार माध्यमबाट थाहा भयो, एउटा दीपक तिमल्सिना, अर्को गजेन्द्र हमाल । हमाल कांग्रेस नेता नै हुन्, मैले मन्त्री बनाएर बन्ने हुन्छ र ?’ प्रधानन्यायाधीश राणाले दिएको प्रतिक्रिया सुनाउँदै सर्वोच्च बारका एक पदाधिकारीले भने ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सत्ता गठवन्धन आबद्ध कार्यदलको बैठकमा उपेन्द्र यादवको दल जसपा र नेकपा एसलाई दिने गरी यसअघि मन्त्रालयको संख्यामा गरिएको सहमतीमा नेपाली कांग्रेस र माओवादी केन्द्र ब्याक हटेको चर्चा चलेसँगै यो विषय बाहिर आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ