arrow

उपप्रधानमन्त्रीमा 'बार्गेनिङ' गर्दै उपेन्द्र यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
upendra-yadav.jpg

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमा यस पटक आफू सरकारमा नजाने घोषणा गरे पनि उपप्रधानमन्त्री सहित सरकारमा जाने उनको भित्री चाहना राखेको छ । 

यादव निकट एक नेताका अनुसार उपप्रधानमन्त्री पदको लागि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग बार्गेनिङ गरिरहेका छन् । ती नेताका अनुसार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमा जाने यादवको चाहना रहेको छ । भौतिक पूर्वाधार जसपाले पाउनु पर्ने अडानको यादवले सुरु देखि नै राखेका छन् । 

आफू सरकारमा नगएमा सरकारमा पार्टीबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टीमा विवाद सुरु हुने र यसले पार्टीलाई नोक्सानीमा पुर्‍याउने तर्क यादवले गरेका छन् । राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव र रेणु यादव पार्टीबाट नेतृत्व गर्दै आफैँ सरकारमा जान चाहेका छन् । 

जसपा स्रोतका अनुसार श्रेष्ठ, महेन्द्र यादव र रेणु यादव भने यस पटक उपेन्द्र यादव सरकारमा नजाउन् भन्ने चाहन्छन् । उपेन्द्र सरकारमा जाने बित्तिकै रेणुको नाम काटिन्छ । किनभने दुबै सप्तरीका हुन् । यसै गरी उपेन्द्र सरकारमा गए भने पार्टीबाट सरकारमा नेतृत्व गर्ने अवसर महेन्द्र र राजेन्द्र श्रेष्ठले गुमाउनेछन् । 

यता, इस्तियाक राइ, मृगेन्द सिंह यादव, प्रमोद साह, प्रदीप यादव तथा अमृता अग्रहरी उपेन्द्र यादव सरकारमा जाउन् भन्ने चाहन्छन् । यादव सरकारमा गए भने आफू सरकारमा जाने सम्भावना बढ्ने उनीहरूको बुझाई छ । उपेन्द्र सरकार जाने बित्तिकै रेणुको नाम हट्ने, रेणुको नाम हट्यो भने महिलाबाट आफ्नो नाम आउने अमृताको बुझाई छ । 

यसै गरी, उपेन्द्र सरकारमा जाने बित्तिकै आफ्नो सम्भावना बढ्ने इस्तिायकको बुझाई छ । किनभने यी दुबै नेता यसअघि केपी ओली सरकारमा गएका थिए, जसबाट, ओली सरकारमा सहभागी भएकाहरूलाई यस पटक सरकारमा पठाउनु हुँदैन भन्ने लाइन निस्तेज हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ