arrow

दौडधुपमा पौडेल, महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर यात्रा अगाडि बढाउन सुझाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
Ramchandra-Poudel.jpg

दमौली ।  नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सभापतिका दाबेदार  वरिष्ठ नेता रामचन्द्र पौडेल तीन दिनदेखि गृह जिल्ला तनहुँमा छन् । महाधिवेशनअन्तर्गत तनहुँका १० वटै पालिकामा निर्वाचन सम्पन्न भएपछि वरिष्ठ नेता पौडेल शुक्रवारदेखि जिल्लाका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाट गरिरहेका छन् । 

शुक्रवार गृह जिल्ला आएका पौडेल सोही दिन नेपाली काँग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी भए । शनिवार भानु नगर समितिको पदस्थापन कार्यक्रम र बन्दिपुरमा कार्यकर्ता भेटघाटमा सहभागी भएका पौडेल आइतबार व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्ल गण्डकी नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी भए। 

पौडेलले अरूलाई लोकतन्त्र सिकाउने काँग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिए।  पौडेलले भने, “सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी काँग्रेस हो, तर के साँच्चै काँग्रेस आफैँमा लोकतन्त्रवादी छ त भन्ने प्रश्न चिह्न खडा भएको छ ।” काँग्रेसको नेतृत्व गर्ने मान्छेले लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्र लोकतन्त्रको आफूले सदैव वकालत गर्दै आएको दाबी गरे । 

पौडेलले काँग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकता र सद्भावको यात्रा अगाडि बढाउन सुझाव दिए । “जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जित र हारलाई सहज रूपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडी बढ्नुपर्छ,” वरिष्ठ नेता पौडेलले भने, “तब मात्र काङ्ग्रेस बलियो बन्छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ