arrow

शाहरुख पुत्र आर्यनसँग ड्रग्स मामलामा सोधपुछ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
sharukh-khan-aryan-son.JPG

काठमाडौं । मुम्बईको हाइप्रोफाइल पार्टीको शिलशिलामा लागुऔषध नियन्त्रण ब्यूरो (सीआईबी) ले बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसँग सोधपुछ गर्ने भएको छ । पार्टी कार्डेलिया द इम्प्रेस क्रुजमा चलिरहेको थियो । उक्त समयमा ब्यूरोले छापा मारेको थियो । उक्त पार्टीमा ६ सय हाइप्रोफाइल मानिस सामिल थिए । 

ब्यूरोले ३ युवतीसहित १३ जनालाई नियन्त्रणमा लिएको छ । उक्त क्रुजमा आर्यन पनि रहेका थिए । तर उनले ड्रग्स लिएको नलिएको अझै यकिन भइसकेको छैन । 

हिरासतमा लिइएका १३ मध्ये ८ जनालाई गिरफ्तार गरिएको छ । आर्यनले आइतबार राति ११ बजेसम्म ब्यूरोमा उपस्थित हुनुपर्नेछ । 

ब्यूरोको रेडका क्रममा भारी मात्रामा लागूऔषध भेटिएको छ । त्यसको मूल्य करोडौं बताइएको छ । 

उक्त ड्रग्स पार्टी ‘कर्डेलिया द इम्प्रेस’ पानी जहाजमा भएको थियो । सोही क्रममा ब्यूरोले छापा मारेको हो । ब्यूरोका अधिकारी पनि यात्रु बनेर त्यहाँ सवार रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ