काठमाडौं । ‘पानी मिठो मेरो हजुर इलाम बजारको, माया मिठो मेरो हजुर त्यो मन भित्रको !’ गीतकी गायिका संजिवनी भेलाण्डेसङ्ग पहिलो पटक म्यूजिक भिडियोमा देखिएकी छिन् ।
आफ्नो जन्मस्थानको सुरम्य प्रकृतिक छटा र सौदर्यलाई भावनाको नदीमा छचल्काएर मानविकरण गर्दै शब्द संयोजनको माधुर्यतामा जीवन्तता प्रदान गर्न सक्षम गीतकार निलम आङबुहाङ राईको यसै गीतको माध्यमबाट गायिका संजिवनी भेलाण्डेसङ्ग सांगीतिक क्षेत्रमा ल्याएकी थिइन ।
गीतसँगै उनलाई इलामसँग पनि भावनात्मक सम्बन्ध पनि जोड्न आङबुहाङले भ्याएकी थिइन । संगीतकार सुरेश अधिकारीको लय अनि एरेन्जर फनिन्द्र् राईको संगीत संयोजन रहेको गीतकार निलमको पहिले सांगीतिक कोशेली ‘जुनी जुनी’ मा समाविष्ट गरेकी थिइन ।
गायिका संजीवनीका अनुसार आफूले गाएकी धेरै गीतहरु मध्येको यो गीत उत्कृष्ट लाग्ने गरेकाले एल्बम सार्वजनिक भएको झन्डै डेढ दसकपछि गायिका संजीवनी भिडियोमा देखिएकी हुन् । चिराग पान्चालको सहयोगमा फरक संगीत संयोजनमा गाएर आफैं नै मोडलको रुपमा उपस्थिती जनाएकी छिन ।