arrow

काँग्रेसभित्र भित्र आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौँ : रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
Ramchandra-Poudel.jpg

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस आन्तरिक लोकतन्त्रका लागि लडी रहेको बताएका छन् ।आँबुखैरेनीको एक कार्यक्रममा नेता पौडेलले भने, 'काँग्रेसभित्र भित्र पनि आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौँ ।' 

'काँग्रेस लोकतन्त्रका लागि जन्मेको पार्टी हो, त्यसका लागि सदैव लडिरहन्छ,' लोकतान्त्रिक प्रक्रियाको अवलम्बन काँग्रेस बाहेक अरू पार्टीले गर्न नसक्ने नेता पौडेलको भनाइ थियो । 'लोकतान्त्रिक अभ्यास अवलम्बन गरेकै कारण काँग्रेसप्रति आकर्षण बढेको छ', उनले भने ।

काँग्रेस लोकतन्त्रको पहरेदार भएको चर्चा गर्दै उनले लोकतन्त्रमाथि कसैले आघात पुर्‍याउन खोजे त्यसको प्रतिकार गर्ने बताए । पार्टीसँगै समाजलाई लोकतान्त्रीकरण गर्ने अभियानमा आफू लागि परेको उनले स्पष्ट पारे । 

क्रियाशील सदस्यताबारे विवाद रहेका ठाउँमा समाधान गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने पौडेलले बताए । नेताभन्दा पार्टी बलियो हुनुपर्ने उनले सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ