arrow

विश्व स्वास्थ्य संगठनले उत्पादन गरेको कोभिड-१९ सम्बन्धि अडियो भिडियो अब नेपाली भाषामा  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
who-c.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा उत्पादित ‘साइन्स इन फाइभ’ अडियो तथा भिडियो श्रृङ्खला अब नेपाली भाषामा पाँचमा विज्ञान पोडकास्टमार्फत सुन्न सकिने भएको छ ।

विश्व स्वास्थ्य संगठनका विज्ञहरुले कोभिड-१९ सम्बन्धि बिषयमाथि सरल भाषामा छलफल गर्ने यस श्रृङ्खलालाई विश्व स्वास्थ्य संगठन नेपालले नेपाली भाषामा अनुवाद गरेको हो ।  कोभिड-१९ सम्बन्धि अफवाह र गलत समाचारहरु फैलिरहेको अवस्थामा  इन्टरनेट प्रयोगकर्ताहरुलाई लक्षित गरी यो पोडकास्टको प्रशारण सुरु गरिएको हो ।

यो पोडकास्टले नेपाली जनमानसमा ब्याप्त अफवाहलाई चिर्न र सत्य सूचनाहरुमा मात्रै विश्वास गर्न मद्दत  गर्ने अपेक्षा गरिएको छ । पोडकास्टका नयाँ अंकहरु प्रत्येक शुक्रबार साउण्डक्लाउडमा पाँचमा बिज्ञान च्यानलमार्फत प्रशारण गरिनेछन् ।

यहि असोज १५ गतेदेखि प्रशारण गरिने पोडकास्टको पहिलो अंकमा विश्व स्वास्थ्य संगठनकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा.ओज्गे टुनचाल्पले  कोभिड–१९ महामारीको समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाहरुले ध्यान दिनुपर्ने बिषयमा छलफल गर्नेछिन् ।

नेपाली  समुदायमाझ पनि कोभिड-१९ सम्बन्धि महत्वपूर्ण जानकारीहरुको पहुँच पुयाउने उदेश्यले विश्व स्वास्थ्य संगठन नेपालले यस श्रृङ्खलालाई नेपाली र मैथिली भाषामा अनुवाद गरी युट्युव च्यानल मार्फत पनि प्रशारण गर्दै आएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ