arrow

उपेन्द्रको मन्त्री बन्ने सूचिमा को को छन् ?

उपेन्द्र यादव सरकारमा नजाने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपाबाट सरकारमा प्रतिनिधित्व गर्ने नेताहरूको सूचि तयार बनाएका छन् । यादव बुधबार जनकपुरबाट काठमाडौँ फर्केका छन् । बिहीबार उनी पोखरा जाने भएका छन् । जसपा स्रोतका अनुसार जसपाले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । 

उपप्रधानमन्त्री पद नपाउने भए पछि जसपा अध्यक्ष यादव यादव यस पटक सरकारमा नजाने भएका छन् । स्रोतका अनुसार, उपप्रधानमन्त्री पाएको भए सरकारमा जाने सोच उनले बनाएका थिए । यादव निकट एक नेताका अनुसार यादवले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालय चाहना राखेका थिए । देउवाले परराष्ट्र मन्त्री नियुक्त गरिसकेका छन् । त्यसैले यस पटक सरकारमा जाने सोच यादवले त्यागेका छन्,-स्रोतले भन्यो । बुधबार एक सार्वजनिक कार्यक्रममा उनले यस पटक आफू सरकारमा नजाने घोषणा गरेका थिए । 

यस पटक यादवलाई सरकार नपठाउने वातावरण जसपाका अध्यक्ष डा.बाबुराम भट्टराई ले मिलाएका थिए । यस पटक यादव सरकारमा नजाउन् भन्ने भट्टराई ले चाहन्थे-स्रोतले भन्यो । जसपा नेतृ हिसिला यामीले केही दिन अघि सामाजिक सञ्जालमा यादवले अब प्रधानमन्त्रीको लागि साहस गर्नु पर्ने धारणा राखेकी थिइन । यसको आशय थियो, यस पटक यादव सरकारमा नजानु उपयुक्त हुन्छ ।

आफू सरकारमा नजाने भए पछि यादवले राजेन्द्र श्रेष्ठ या महेन्द्र यादवको नेतृत्वमा सरकारमा ६ जना नेता पठाउने तयारी गरेका छन् । रेणु यादवले पनि पार्टीबाट नेतृत्व गर्दै सरकारमा जान इच्छा राखेकी छन् । रेणुलाई पनि यादवले आफ्नो सूचिमा राखेका छन् ।यसै गरी प्रदीप यादव र रामसहाय यादवमध्येबाट एक जनालाई सरकारमा पठाउने सोच उनले बनाएका छन् । प्रमोद साहलाई पनि यादवले आफ्नो सूचिमा राखेका छन् । स्रोतका अनुसार प्रमोद साहलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले यसअघि नै दिइसकेका छन्। 

अध्यक्ष यादवले मृगेन्द्रसिंह यादवलाई पनि मन्त्रीको सूचिमा राखेका छन् । महेन्द्र यादव, मृगेन्द्र सिंह यादव र प्रमोद साह यसअघि पूर्व राष्ट्रिय जनता पार्टीमा आबद्ध थिए । उनीहरू कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर गएका छन् । 

केपी ओली सरकारमा सहभागी भएकाहरूलाई यस पटक मन्त्रीमा सिफारिस नगर्ने नीति यादवले बनाएका छन् । यो नीति कार्यान्वयन भएमा यस पटक इस्तियाक राई, राज किशोर यादव र रेणुका गुरुङ सरकारमा जान नपाउने भएका छन् । उनीहरू यसअघि ओली सरकारमा सहभागी भएका थिए । कारणवश रेणुलाई सरकारमा पठाएनन् भने अमृता अग्रहरीलाई राज्यमन्त्रीमा पठाउने सोच यादवले बनाएको स्रोतले बतायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ