arrow

पाकिस्तानमा १२ विदेशी आतङ्कवादी सङ्गठन रहेको प्रतिवेदन सार्वजनिक, भारत निशानामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
taleban-afgan.JPG

आइएन । अमेरिकी कंग्रेसको अनुसन्धानात्मक प्रतिवेदन अनुसार पाकिस्तान ' विविध क्षेत्रीय आतङ्कवाद समूह का निम्ति एक सुरक्षित स्थल' बनेको‌ छ। यस प्रतिवेदन अनुसार पाकिस्तान १२ 'विदेशी आतङ्कवादी सङ्गठन' को एक परिचालन आधार शिविर बनेको छ जसमा पाँच भारत केन्द्रित सङ्गठन पनि समावेश छन्।

प्रतिवेदनले पाकिस्तान ' विविध क्षेत्रीय आतङ्कवाद समूह का निम्ति एक सुरक्षित स्थल' बनेको‌ र 'अफगानिस्तान तथा भारतलाई लक्षित गर्ने समूहहरूलाई' आफ्नो भूमिको प्रयोग गर्न दिएको बताएको छ।

सेप्टेम्बर महिनाको २३ तारिख मा क्वाड सम्मेलन भएको साँझ 'पाकिस्तानमा आतङ्कवादी र अन्य उग्रवादी समूह' नामक प्रतिवेदन सार्वजनिक भएको थियो। यस प्रतिवेदन अनुसार 'पाकिस्तानमा असङ्ख्य सशस्त्र, गैर -राज्य लडाकु समूहहरू आफ्ना आतङ्कवादी अभियान' चलाउँदै आएको जनाइएको छ। त्यहाँ सन् १९८० देखि अस्तित्वमा आएका केही समूह पनि आ-आफ्ना अभियान चलाइरहेको र अमेरिकी सेनालाई यसबारे जानकारी रहेको प्रतिवेदनमा भनिएको छ।

पाकिस्तानमा पाँच प्रकारका आतङ्कवादी समूहहरू सक्रिय छन्: विश्वव्यापी उन्मुख; अफगानिस्तान उन्मुख; भारत र कश्मीर उन्मुख; घरेलु उन्मुख; र साम्प्रदायिक -शिया विरोधी उन्मुख। अमेरिकी कांग्रेस रिपोर्ट को द्विदलीय अनुसन्धान शाखाले जनाए अनुसार पाँच वटा श्रेणीमा वर्गीकृत पन्ध्र समूहहरू मध्ये १२ वटा समूहलाई अमेरिकी कानुन बमोजिम विदेशी आतङ्कवादी सङ्गठन (एफटीओ) को रूप मा नामाकरण गरिएको छ। धेरै जसो सबै समूह इस्लामवादी उग्रवादी विचारधारा द्वारा प्रोत्साहित छन्।

प्रमुख हमलाहरू का लागी जिम्मेवार समूहहरु:
भारत र काश्मीर उन्मुख आतङ्कवादी वर्ग अन्तर्गतका समूहहरू मध्ये पहिलो लस्कर-ए-तैयबा (एलईटी) हो जुन १९८० दशक को अन्त्य तिर पाकिस्तान मा गठन गरिएको थियो। सन् २००१ मा यस समूहलाई एफटीओ अन्तर्गत नामाङ्कन गरिएको थियो।

हाफिज सईदको नेतृत्वमा रहेको र पाकिस्तानको पन्जाब प्रान्त र पाकिस्तान प्रशासित (आजाद) काश्मीरमा रहेको यो समूह हाल जामत-उद-दावाको सहयोगी सङ्गठनको नेतृत्वमा रहेको छ। सन् २००८ मा भारतको मुम्बईमा भएका प्रमुख हमलाहरूका साथै अन्य धेरै ठुला हमलाहरू का लागी यो समूह जिम्मेवार छ। 

प्रतिवेदन अनुसार यस वर्ग मा पर्ने दोस्रो आतङ्कवादी समूह जैश-ए-मोहम्मद (जेईएम) हो जुन सन् २००० मा कश्मीरी आतङ्कवादी नेता मसूद अजहर द्वारा स्थापित भएको थियो। यो समूहलाई पनि सन् २००१ मा एफटीओ अन्तर्गत नामाङ्कन गरिएको थियो। सन् २००१ मा भारतीय संसद मा भएको आक्रमणको लागि यो समूह जिम्मेवार छ।

भारत र कश्मीर उन्मुख उग्रवादी वर्ग अन्तर्गत पर्ने तेस्रो समूह हो हरकत-उल जिहाद इस्लामी(हुजी)। सन् १९८० मा अफगानिस्तान मा सोभियत सेनासँग लड्न को लागी बनेको यो समूह ले सन् १९८९ पछि भारत तिर आफ्नो नजर जमाएको थियो। यद्यपि यो समूह ले अफगानिस्तान मा तालिबानलाई आफ्ना लडाकुहरू आपूर्ति गर्ने गर्दछ।

त्यस्तै यस श्रेणी अन्तर्गत पर्ने चौथो सङ्गठन हराकत उल मुजाहादीन(हम) हो। सन् १९९७ मा नै यस समूहलाई एफटीओ अन्तर्गत नामाङ्कन गरिएको थियो। यो समूह मुख्यतया आजाद कश्मीर र केही पाकिस्तानी सहरहरू बाट सञ्चालित छन्।

सन् १९९९ मा भएको भारतीय विमान अपहरण का लागि जिम्मेवार यस समूहले जेईएम का भावी संस्थापक को भारतीय जेल बाट रिहाइ गराएको थियो। हाल थुप्रै हम का कार्यकर्ताहरू यस समूहमा पलायन भएका छन्।

भारत र कश्मीर उन्मुख उग्रवादीहरुको श्रेणी अन्तर्गत पर्ने पाँचौँ र अन्तिम सङ्गठन हो हिज्ब-उल मुजाहिदीन (एचएम)। यस सङ्गठनको स्थापना सन् १९८९ मा पाकिस्तानको सबैभन्दा ठूलो इस्लामवादी राजनीतिक पार्टीको उग्रवादी शाखाको रूपमा भएको थियो। यद्यपि कश्मीरमा आधारित भए पनि यस सङ्गठनले मुख्य रूपमा पाकिस्तानबाट सहयोग प्राप्त गर्दछ।

प्रतिवेदन अनुसार पाकिस्तान भित्र सञ्चालित अन्य आतङ्कवादी सङ्गठन मा भारतीय उपमहाद्वीप मा अल कायदा (एकिस), इस्लामिक स्टेट-खोरासान प्रान्त(आईएसकेपि वा आईएसके), अफगानिस्तान तालिबान, हक्कानी नेटवर्क, तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी), बलुचिस्तान लिबरेशन आर्मी (बीएलए), जुन्दल्लाह (उर्फ जयश अल-अदल), सिपाह-ए-साहाबा पाकिस्तान (एसएसपी), र लश्कर-ए-झांगवी। यी सम्पूर्ण सङ्गठन का लागि पाकिस्तान एक सुरक्षित आश्रय स्थल बनेको छ।

अमेरिकी विदेश विभागको आतङ्कवाद २०१९ (जुन २०२० मा जारी) रिपोर्ट को हवाला दिँदै, सीआरएस प्रतिवेदन ले पाकिस्तान ' विविध क्षेत्रीय आतङ्कवाद समूह का निम्ति एक सुरक्षित स्थल' बनेको‌ र 'अफगानिस्तान तथा भारतलाई लक्षित गर्ने समूहहरूलाई' आफ्नो भूमिको प्रयोग गर्न दिएको बताएको छ।

सीआरएस रिपोर्ट अनुसार सन् २०१९ मा भारत शासित काश्मीरमा आतङ्कवादी हमला भएपछि पाकिस्तान सरकारले आतङ्कवादको वित्त पोषण रोक्न र भारत केन्द्रित केही उग्रवादी समूहहरूलाई 'रोकथाम' गर्न केही 'मामुली कदम' उठाएको थियो।

तर पनि पाकिस्तानले भारत र अफगानिस्तान केन्द्रित सङ्गठन विरुद्ध निर्णायक कारबाही गर्न बाँकी छ। सन् २०१५ मा आतङ्कवाद को सामना गर्न बनाइएको राष्ट्रिय कार्य योजना अनुसार कुनै पनि ढिलाइ र भेदभाव बिना सबै आतङ्कवादी सङ्गठनहरूको विघटन गर्ने पाकिस्तान ले प्रतिबद्धता व्यक्त गरेको थियो जसको पूर्ण कार्यान्वयन हुन बाँकी नै छ।

'आतङ्कवादका लागि सुरक्षित आश्रय' को विषय मा, विभागले पाकिस्तान सरकार र सेनाले 'देश भर आतङ्कवादी सुरक्षित आश्रयहरू' को सम्बन्ध मा असङ्गत व्यवहार गरेको निष्कर्ष निकालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ