भारतीय वायु सेनाका लागि ५६ वटा विमान, एयरबसले बनाउँदै
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
1.1k
Shares
आइएनएन ।भारतले ५६ वटा विमानका लागि एयरबससँग सम्झौता गरेको छ । भारतीय रक्षा मन्त्रालयले वायु सेना (आईएएफ) का लागि स्पेनको मैसर्स एयरबस रक्षा र अन्तरिक्षसँग ५६ वटा सी-२९५ परिवहन विमानका लागि एक सम्झौता मा हस्ताक्षर गरेको छ।
यी मध्ये १६ वटा विमान स्पेनले ४८ महिना भित्र भारत पठाउने छ भने ४० वटा विमान टाटा कन्सोर्टियमले १० वर्ष भित्र भारतमै निर्माण गर्ने छ। यी आधुनिक विमान ले भारतीय वायुसेना को पुरानो एभ्रो परिवहन विमानको स्थान लिनेछन्।
सी-२९५ परिवहन विमान अत्याधुनिक प्रविधिबाट निर्माण गरिने एक परिवहन विमान हो जसको क्षमता ५ देखि १० टन रहन्छ। सबै ५६ वटा विमान मा भारतमै निर्मित इलेकट्रोनिक वार फेयर सुइट जडान गरिनेछ।
सम्पूर्ण विमान को हस्तान्तरण पछि भारतमा भएको विमान अन्य मुलुकमा निर्यात गर्न सक्नेछ। जसका लागि भारतीय सरकाले अनुमोदन दिनेछ।
सेप्टेम्बर महिनाको ८ तारिख मा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) ले यी विमानहरूको खरिद स्वीकृत गरेको थियो। सीसीएसले अनुमोदन दिएपछि रक्षा मन्त्रालयले ठुलो सङ्ख्यामा यस विमानको उपकरण, भाग, अन्य पूर्वाधार ढाँचा भारतमै तयार गरिने बताएको थियो।
यस कार्यक्रमले भारतको हवाई र रक्षा क्षेत्र सँग सम्बन्धित रोजगार को सिर्जना गर्ने अनुमान गरिएको छ। प्रत्यक्ष रूपमा ६ सय उच्च सीपयुक्त रोजगारी, ३ हजार भन्दा बढी अप्रत्यक्ष रोजगारी, ३ हजार अतिरिक्त मध्यम कौशल रोजगारी को अवसर सिर्जना हुनेछ।
भारत मा निर्माण प्रक्रिया को क्रम मा टाटा कन्सोर्टियम का सबै आपूर्तिकर्ताहरू यस कार्यक्रम मा संलग्न हुनेछन् र प्रत्यक्ष रूपमा लाभ उठाउन सक्नेछन्। यस क्रममा तिनले विश्वव्यापी मान्यता प्राप्त राष्ट्रिय एयर स्पेस र रक्षा ठेकेदार मान्यता कार्यक्रम (नाडक्याप) अनुरूप कार्य गर्नुपर्ने हुन्छ।