arrow

सिप्रदीको आधिकारिक सर्भिस सेन्टर अब कावासोतीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
sipradi-ASC-kawasoti-branch.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नवलपुरको कावासोतीमा असोज ६ गते ५३ औ सर्भिस सेन्टर दुर्गा एण्ड सन्स् अटोमोवाइलस् प्रालिको शुभारम्भ गरेको छ। दुर्गा एण्ड सन्स् अटोमोवाइलस् प्रालि सिप्रदीको ११ औ आधिकारिक सर्भिस सेन्टर हो।

टाटा मोटर्स ग्राहक सेवाका नेपाल प्रतिनिधि सामान्य दास तथा एग्रीकल्चर एण्ड फरेस्ट कन्जरभेसन रिसर्च सेन्टर, हाई टेक फिसरिज् एण्ड रिसर्च सेन्टरका अध्यक्ष मेघराज श्रेष्ठले संयुक्त रुपमा उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका थिए।

सो अवसरमा सिप्रदी ट्रेडिङ्ग प्रालि ग्राहक सेवाका सिनियर महाप्रबन्धक साम्देन टि लामा, दुर्गा एण्ड सन्स् अटोमोवाइलस् प्रालिका प्रबन्ध निर्देशक गोपाल प्रसाद भट्टराईको तथा ग्राहकहरूको पनि उपस्थिति रहेको थियो।

उक्त सर्भिस सेन्टरबाट टाटा कमर्सियल गाडीका ग्राहकहरूले सर्भिस तथा मर्मत सम्बन्धी सम्पूर्ण  सेवा तथा सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ