गगन थापाको प्रश्न : बेहालमा पार्टी चलाइरहने कि बदल्ने ?
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
865
Shares
काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीको अधिवेशनका मिति हेरफेर हुने चर्चा चल्दै गर्दा पार्टी पार्टी पुनर्निर्माणको आवश्यकता देखाउँदै नेतृत्वमाथि प्रश्न गरेका छन् ।
नेता थापाले सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै ‘यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ?’ भन्दै नेतृत्वलाई प्रश्न गरेका हुन् । उनले काँग्रेसलाई पुनर्निर्माणको आवश्यकता भइसकेको भनेका छन् ।
‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुङ्गो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने । बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौँ ।’
कति सजिलै सर्छ अधिवेशनको मिति!
१३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने।
बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने!
अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने?सोचौं। #कांग्रेसपुनर्निर्माण