arrow

तीन दिने अमेरिका भ्रमणमा निस्किए मोदी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
modis.JPG

भारत । प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गरेका छन् । उनको संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ ।  साथै मोदीले ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेटवार्ता गर्नेछन् । 

आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनको भेटवार्ता हुने समाचारमा जनाइएको छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेन सम्हालेपछि यी दुई नेताबिच पहिलो व्यक्तिगत भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्न र आतंकवादसंग लड्नका उपायहरूबारे छलफल हुने अपेक्षा गरिएको छ । उनीहरूबिच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई अझै बिच बलियो बनाउने उपायहरूका बारेमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रधान मन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री मोदीको सेप्टेम्बर २२-२५ सम्मको अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्नेछन् । प्रधानमन्त्री मोदी शुक्रवार अमेरिकी राष्ट्रपतिद्वारा आयोजित क्वाडको शिखर सम्मेलनमा भाग लिनेछन् । यस सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन सहभागी भएका छन् । 

प्रधानमन्त्री मोदीले सेप्टेम्बर २५ मा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घ महासभा (युएनजीए) को ७६ औँ सत्रको सम्बोधन गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ