यस्तो छ प्रिमियर लिगको पाँचौं चरणसम्मको अवस्था, चेल्सी शीर्षमा, रोनाल्डोको गोल
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
570
Shares
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा पुगेको छ । लिगको पाँचौं चरणको समाप्तिसम्म चेल्सी शीर्ष स्थानमा रहन सफल भएको हो ।
आइतबार रातिको खेलमा चेल्सीले टोटनह्याम हट्सपरलाई ३–० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको घरेलु मैदानमा पाहुना टोलीले आक्रामक खेल्दै घरेलु टोलीलाई निराश पारेको हो ।
चेल्सीलाई जित दिलाउन थियागो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले एक एक गोल गरे । पहिलो हाफसम्म गोलरहित निरश बनेको खेलमा दोस्रो हाफमा चेल्सीले आकर्षक खेल्यो ।
खेलको ४९ औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई शुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । इन्जुरी समयमा रुडिगरले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए ।