मेगा बैङ्कको मुद्दती तथा बचत खातामा अब उच्च ब्याजदर, नयाँ बचत खाता योजना पनि सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
890
Shares
काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ। नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गरेको सन्दर्भमा मेगा बैङ्कले ग्राहकहरूलाई ‘दसैँको बहार, मेगा बैङ्कको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो।
ग्राहकहरूले मेगा बैङ्कको मुद्दती खातामा वार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन्। यसै गरी, बचत खातामा ६ दशमलव ०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन्। जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो।
यसैगरी, मेगा बैङ्कले वार्षिक ब्याजदर ५ दशमलव ०५ प्रतिशतसम्म रहेको मासिक रूपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ। ‘मेगा महा बचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैङ्किङ सुविधा निःशुल्क गरिएको छ। दुई वर्षसम्म लक्कर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैयाँमा खोल्न सकिने मेगा बैङ्कले जनाएको छ।
ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैङ्कले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयहरूमा मुद्दती तथा बचत खाता खोली आकर्षक ब्याजदरसहितको सुविधा लिन ग्राहकहरूलाई आग्रह गरेको छ।