arrow

नरेन्द्र मोदी ७१ वर्षका भए, जसले बनाए अनेक कीर्तिमान, भारतभर क्याम्पेन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
narendra-modi-71st-birthday.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी ७१ वर्षका भएका छन् । उनको  जन्मदिनमा भारतीय जनता पार्टीले विभिन्न कार्यक्रम गर्दैछ । नरेन्द्र मोदीले प्रधानमन्त्रीका रुपमा विभिन्न कीर्तिमान बनाएका छन् । 

उनी भारत स्वतन्त्र भएपछि जन्मेर प्रधानमन्त्री हुने पहिलो नेता हुन् । उनी भारतको प्रधानमन्त्रीमा सबैभन्दा लामो समयसम्म रहने गैर कांग्रेसी पहिलो नेता हुन् । उनले शुक्रबारसम्म ७ वर्ष ११३ दिन प्रधानमन्त्रीका रुपमा काम गरिसकेका छन् । 

लगातार दुई पटक बहुमतका साथ प्रधानमन्त्री हुने श्रेय पनि मोदीकै नाममा जान्छ । उनी गुजरातका मुख्यमन्त्री भएका बेलामा अमेरिका प्रवेशमा रोक लगाइएको थियो । 

तर सन् २०१४ मा प्रधानमन्त्री भए पछि सबैभन्दा बढी ७ पटक अमेरिका जाने कीर्तिमान उनैले बनाए । आगामी सेप्टेम्बर २४ तारिखमा उनी आठौं पटक अमेरिका जाँदैछन् । मोदीको जन्म सन् १९५० को सेप्टेम्बर १७ तारिखमा जन्म भएको थियो । उनले निकै कम उमेरमै गृहत्याग गरेका थिए । उनले आफ्नो जीवन एक्लै जिउने कोसिस गरेका थिए । 

कस्ता कार्यक्रम हुँदै

मोदीको जन्मदिनको अवसर पारेर भाजपाले सेवामा समर्पित क्याम्पेन चलाउँदैछ । यो क्याम्पेन १७ सेप्टेम्बरदेखि २० दिनसम्म चल्नेछ । किनकि मोदी यसैसाल कुनै मूख्यपदमा रहेको २० वर्ष पुग्दैछ । 

सन् २००१ को अक्टुबर ७ तारिखमा उनी गुजरातका मुख्यमन्त्री बनेका थिए । अहिलेसम्म उनी निरन्तर मुख्यमन्त्रीपछि प्रधानमन्त्री बनेका छन् । 

त्यस्तै देशभरमा मेगा भ्याक्सिनेसन अभियान पनि चलाइएको छ । भाजपाका कार्यकर्ताहरुलाई कोभिड प्रोटोकल अपनाएर कार्यक्रम गर्न आग्रह गएिको छ । 

बधाईको ओइरो
मोदीको जन्मदिनको अवसर पारेर राष्ट्रपति रामनाथ कोविन्दले बनाई दिएका छन् । उनले लेखका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको हार्दिक बधाई तथा शुभकामना । मेरो शुभेच्छा छ कि तपाई स्वस्थ्य रहनुस् र दीर्घायू प्राप्त गरेर ‘अहर्निशं सेवामहे’ को आफ्नो सर्वविदित भावनाका साथ राष्ट्र सेवाको कार्य गरिरहनुस् ।’

गृहमन्त्री अमित शाहले पनि बधाई दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ