arrow

जिल्ला प्रशासन कार्यालय काठमाडौंंले जारी गर्यो चाडपर्व केन्द्रीत नयाँ नियम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
CDO-Office-KTM.jpg

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंंले चाडपर्व केन्द्रीत नयाँ नियम लागू गरेको छ । प्रशासनले चाडपर्व साङ्केतिक रुपमा मनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विहीबार एक आदेश जारी गरी चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मनाउन आग्रह गरेका हुन् ।

कोभिड–१९ को संक्रमण कायमै रहेकोले अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज गर्ने कार्य नगर्न आदेशमा भनिएको छ ।

सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायहरूबाट आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गरेर मात्र गर्न पाइने छ ।

स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म र सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने र गर्नै पर्ने भएमा स्थानीय तहले विद्यालय सञ्चालन गर्नु पूर्व आ–आफ्नो पालिका स्तरमा कोभिड १९ सङ्क्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक सहित सबैले अनिवार्य खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवालासँगको छलफल र समन्वयमा स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सकिने जारी आदेशमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ