arrow

मोदी टाइमको विश्वका सय प्रभावशाली व्यक्ति, अरु को को ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
narendra-modi1.jpg
तस्वीर–फाइल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । टाइम म्यागजिनले सन् २०२१ का सय प्रभावशाली व्यक्तिहरुमा मोदीलाई समेटेको हो । 

मोदी यसअघि २ सेप्टेम्बरमा सार्वजनिक गरिएको द मर्निङ कन्सल्टको सर्भेमा विश्वकै सबैभन्दा लोकप्रिय चुनिएका थिए । टाइमको सूचीमा गत वर्ष पनि मोदी समेटिएका थिए । 

टाइमले बुधबार जारी गरेको सन् २०२१ का सबैभन्दा प्रभावशाली सय जनाको सूचीमा मोदीलाई राखेको हो । यो लिष्टमा भारतकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र कोभिशिल्ड भ्याक्सिन बनाउने कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का सीईओ अदार पुनावाला पनि समेटिएका छन् । 

अचम्म त के भने यो सूचीमा तालिबानका सहसंस्थापक एवं अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादर पनि सयभित्र पर्न सफल भएका छन् । 

टाइमले यो सूचीलाई ६ वर्गमा बाँडेको थियो । जसमा नेता, कलाकार, आइकन, टाइटन, इनोभेटर र पायनियर रहेका छन् ।

नेताको सूचीमा मोदी र ममतासँगै अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस, चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरेली राष्ट्रपति नफ्ताली बेनेट लगायत रहेका छन् ।  

इनोभेटर समूहबाट टेस्ला कम्पनीका प्रमुख एलन मस्क रहेका छन् । ब्रिटिश राजघरानाका प्रिन्स ह्यारी र उनकी पत्नी मेगन पनि सामेल छन् ।

त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी एलेक्सेइ नवाल्नी पनि रहेका छन् । 

त्यस्तै चर्चित गायिका ब्रिटनी स्पेयर्सलाई पनि सूचीमा सामेल गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ