arrow

सरकार विस्तारमा गठबन्धन दलका दुई मत : उपेन्द्रलाई अध्यादेशकै डर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
Nepal-Yadav.jpg

काठमाडौँ । सत्ता गठबन्धन आबद्ध दललाई मन्त्रीपरिषद् विस्तार गर्दा पार्टी फुट्ने भय देखिएको छ । सरकार गठन भएको ६० दिन बित्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्लाई पुर्णता दिन सकेका छैनन् । 

सत्ता गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार असम्भव भएको बताएका हुन् । उनले मङ्गलवार सिन्धुलीमा आयोजित एक सार्वजनिक कार्यक्रममा राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज नभई सरकार विस्तार नहुने दाबी गरेका हुन् । दल विभाजनलाई सहज हुने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो । 

सरकारलाई समर्थन गरेको अर्को दल नेकपा एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने प्रधानमन्त्रीसामु अध्यादेश खारेज नगर्न अनुरोध गरेको छ ।

सरकारलाई समर्थन गरेका दुई दलका फरक मतका कारण प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न नै समस्या उत्पन्न भएको हो ।

एमाले विभाजन गरेर नेकपा एस गठन भएपछि नेपालसहितका १४ जना सांसदलाई एमालेले कारबाही गरेकोबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यस कारण सो मुद्दाको टुङ्गो लागेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न एकीकृत समाजवादीले देउवासँग आग्रह गर्दै आइरहेको छ । 

जसपाले भने मन्त्रीहरूको चयन गर्दा सबैलाई चित्त बुझाउन नसकिने र फेरि पार्टी विभाजन हुन सक्ने भन्दै अध्यादेश खारेजीलाई प्राथमिकतामा राखेको हो । 

जसपा बाट महन्थ ठाकुर बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छन् । मन्त्रीको भागबन्डामा विवाद बढेमा पुनः पार्टी विभाजन हुन सक्ने आशङ्काका कारण जसपाले अध्यादेश खारेज गर्नुपर्ने अडान लिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ